• २०८१ बैशाख ७ शुक्रबार

ह्वावेले ४ वटा क्यामराहरु भएको नेपालको पहिलो स्मार्टफोन ल्याउदै 

kharibot

काठमाडौँ ।  ह्वावे उपभोक्ता व्यवसाय समूहले अब चाँडै नै ह्वावे नोभा २ आइ नामक नयाँ स्मार्टफोन ल्याउन लागेको छ । नोभा २ आइले प्रदर्शन र पावरको शानदार मिश्रणको साथ ह्वावेको पहिलो फ्रन्ट र ब्याक डुअल–लेन्स क्यामराहरुको विशेषता प्रदान गर्ने ह्वावेले जनाएको छ । 

ह्वावे नोभा २ आइ को ह्वावे फूलभ्यु डिस्प्लेको डिजाईन प्रत्येक सेल्फी, प्रत्येक इमेज र प्रत्येक सामाजिक सञ्जालसँग तालमेल राख्नको लागि तयार गरिएको छ । निकै नै सुन्दररुपमा डिजाईन गरिएको ह्वावे नोभा २ आइले क्याप्चर गर्ने, शेयर गर्ने र विश्वलाई अनुभव गर्न आधुनिक तरिकाहरुलाई जीवनमा ल्याउने ह्वावेको दाबी छ ।

ह्वावेले यो फोन बजारमा नोवेम्बर महिनामा उपलब्ध हुने बताउदै यो ग्राफिटी ब्ल्याक र प्रेष्टीज् गोल्डमा उपलब्ध हुने जानकारी दिएको छ ।

ह्वावेका प्रवक्ताले नोभा २ आइ बारे भने, “ हामीलाई थाहा छ, अहिलेको उपभोक्ताको लागि के जरुरी छ, त्यही बुझेर हामीले नयाँ डिभाईसको रचना गरेका छौं, जुन अहिलेको समयसँग चल्नको लागि पावरफुल फिचरले भरिपूर्ण छ । तपाईंहरु संसारको जुनै कुनामा भए पनि सबैसँग नजिक रहनको लागि यसको डिजाईन गरिएको छ । ह्वावे नोभा २ आइ ले आफ्नो अतुल्नीय प्रदर्शन, स्टाईलिस् डिजाईन र आधुनिक क्यामरा फिचरका साथ नवीन रचनाको एउटा नयाँ मापदण्ड कायम गरेको छ ।”

पहिलो ह्वावे फूल भ्यू डिस्प्ले

ह्वावेको फूलभ्यू डिस्प्ले प्रविधि र उच्च–गुणस्तरको ५.९ इन्च स्क्रीन भएको ह्वावे नोभा २ आइ पहिलो डिभाइस हो । ८३% को स्क्रीन–टु–बडि रेसियो र १८:९ आस्पेक्टले यसलाई स्पष्ट, सफा र उज्यालो ईमेजको लागि सुन्दर वाइडस्क्रीन भ्युइङ्ग अनुभूति प्रदान गर्दछ ।

४ वटा क्यामराहरु भएको नेपालको पहिलो स्मार्टफोनः फ्रन्ट र ब्याक डुअल–लेन्स क्यामराहरु

ह्वावेको पि९  को आगमनसँगै डुअल–लेन्स क्यामराले स्मार्टफोन फोटोग्राफीलाई नै पुनः परिभाषित गरेर नयाँ उद्योग मापदण्ड कायम गरेको थियो । फ्रन्ट र ब्याक डुअल–लेन्स क्यामराको फिचरको साथ जस्तो सुकै अवस्थामा पनि ह्वावे नोभा २ आइ ले अद्भूत फोटोग्राफीको अनुभूति प्रदान गर्छ । फ्रन्ट–फेसिङ्ग १३ एमपीर२एमपी प्रिमियम सेल्फी क्यामराले पोट्र्रेट फोटोग्राफीलाई अर्कै स्तरमा पु¥याउँछ किनकि यसमा छ नयाँ सेल्फी टोनिङ फ्ल्यास्, जसले अझ कलात्मक र जीवन्त फोटोको लागि स्टुडियो क्वालिटी लाइटिङ प्रदान गर्दछ । नोभा २ आइ को फ्रन्ट–फेसिङ्ग क्यामरा र एकनासको लाइटिङ, सफ्ट लाईट सेल्फी फ्ल्यास्को साथ कम लाइट भएको अवस्थामा पनि उत्कृष्ट सेल्फी खिच्न सकिन्छ, त्यो पनि जेस्चर

सेल्फीहरुको साथ!

रियर फेसिङ्ग क्यामरामा १६ एमपी र २ एमपीको लेन्स छ । दुवै डुअल–लेन्स क्यामराहरुमा अझ स्पष्ट, सफा र अझ कलात्मक फोटोहरु र कम लाइट भएको अवस्थामा प्रदर्शन सुधार्न हार्डवेयर–लेबल बोकी फिचर छ । १६ एमपीको आरजीबि सेन्सरको साथ नोभा २ आइले तपाईंलाई हरेक उत्कृष्ट डिटेलहरु क्याप्चर गर्न मद्दत गर्छ भने २ एमपीको आरजीबि लेन्सले तपाईंलाई सटीक फिल्ड अफ डेप्थ क्याप्चर गर्न दिन्छ ।

क्यामराका अन्य मुख्य कार्यहरुः

पोर्टेट मोड
वाइड एपेर्चर मोड
मोशन फोटो

सिमेट्रिक  डिजाईन

ह्वावे नोभा २ आइको स्लीक डिजाईनको सुरुवात यसको अति आकर्षक फूलभ्यू स्क्रीनबाट हुँदै यसको उच्च–गुणस्तरको औद्योगिक सामग्रीबाट सृजित युनीबडिको सफ्ट, कर्भड एज्सम्म पुगेको छ । यसको प्रत्येक पक्ष जस्तै कि क्यामराहरु, फिङ्गरप्रिन्ट सेन्सर, युएसबी सकेट, सेन्सरहरु र फ्ल्यासलाई निकै नै कुशलतापूर्वक आगाडि र पछाडि मिलाएर राखिएको छ, जसले गर्दा यो हेर्दा ज्यादै आकर्षक र चलाउन मन लाग्ने भएको छ । 

प्रदर्शनद्वारा गज्जबको उपभोक्ता अनुभूति 

८–कोर किरिन ६५९ चिपसेट, ४ जीबीको र्याम र ६४ जीबीको रोमबाट संचालित ह्वावे नोभा २ आइ कन्टेन्टहरु स्ट्रीमिङ हुँदा–हुँदै विभिन्न एप्लीकेशनहरु एकै चोटि चलाउन सक्षम छ । ह्वावे एन्ड्रोईड–७ मा आधारित इएमयुआइमा युएक्स गहिरोरुपमा सम्मेलित भएकोले यसले मेशिनको सिक्ने क्षमतालाई उपयोग गर्दै प्रयोगकर्ताको व्यवहारको आधारमा प्रदर्शन अनुकुलन गर्ने भएकोले प्रयोगकर्ताले सहजता र उत्कृष्टताको अनुभूति गर्दछ । हार्डवेयर र सफ्टवेयरको गहिरो सम्मेलनको मतलब हो कि ह्वावे नोभा २ आइको ३३४० एमएएच ब्याट्री धेरै समयसम्म टिक्छ । यसका साथै, यसको स्मार्टप्रिन्ट सेन्सरले मेशिनको सिक्ने क्षमतालाई प्रत्येक प्रयोगको साथमा अझ सटीक र सुरक्षित बनाउँछ ।

ह्वावे नोभा २ आइमा कम्पनीको मालिकको ह्वावे हिस्टेन अडियो सिस्टम फिचर पनि छ, जसले भिडियो र गेमिङमा असाधरण ध्वनीको अनुभूति प्रदान गर्दछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै