• २०८१ बैशाख ७ शुक्रबार

नेमकिपाले तोक्यो सातवटै प्रदेशमा संयोजक

kharibot

फाइल तस्बिर

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आजको २७ आँैं केन्द्रीय परिषद् बैठकले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्नाका साथै सचिव सुवालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । 

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा शुक्रबारदेखि शुरु भएको बैठकले नेपाली काँग्रेस, नेकपा (एमाले, नेकपा(माओवादी केन्द्र)लगायतले निर्वाचनमा आचारसंहिता उल्लंघन गरी झुटा आश्वासन दिने, भोजभतेर खुवाउने, सामान र पैसा वितरण गरेको आरोप लगाएको छ । 

बैठकले समाजवादी आन्दोलन र देशभक्तिपूर्ण संघर्ष चालु राख्ने लगायत १३ बुँदे निर्णय गरेको सुवालले बताए । सोअनुसार व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधानको दोस्रो संशोधन प्रस्ताव नेपाली जनताको हितविपरीत ‘भारतीय विस्तारवाद र एकाधिकार पँुजीवादको हितमा रहेको’ भन्दै पार्टीले प्रस्ताव फिर्ताका लागि सरकारलाई दबाब दिन जिल्ला जिल्लामा विभिन्न गतिविधि गरिनेछ । 

बैठकले संसद्मा विचाराधीन निर्वाचनसम्बन्धी ऐनमा व्यवस्था गरिएको मतसीमा को प्रावधान गणतन्त्रविरोधी तथा प्रतिगामी भएको ठहर समेत गरेको छ । त्यसैगरी प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको निर्वाचनलाई पार्टीले उपयोग गर्ने निर्णय गर्नाका साथै सातै प्रदेशमा संयोजक तोकेको छ । 

सोअनुसार प्रदेश नंं १ देखि ७ सम्म क्रमशः नरेन्द्र होमागाईं, दिनेश शाह, प्रेम सुवाल, नीरज लवजू, हरिसुन्दर वासी, सुनिल प्रजापति र बजीरसिंह विक संयोजक रहेका छन् । रासस 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै