गौचनको हत्यारा नपक्रिएकामा महासंघको आपत्ति

खरीबोट
ad

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको राजधानीमै गोली हानी हत्या गरिएको २५ दिन पूरा भइसक्दा पनि हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै महासंघले आक्रोश व्यक्त गरेको छ । 

महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरी निरन्तरको आन्दोलन तथा दबाबका बाबजुद हत्यारा पत्ता लगाई सार्वजनिक गर्न राज्यले गरिरहेको ढिलाइप्रति खेदसमेत व्यक्त गरेको छ ।

गौचनको हत्यापछि पनि अन्य निर्माण व्यवसायीलाई लगातार धम्की आउने क्रम अझै जारी रहेको भन्दै महासंघले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग माग गरेको छ । 

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले व्यवसायीले निर्धक्क भएर व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताए । 

महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले गौचनको हत्यारालाई राजनीतिक संरक्षण दिइएको आशंका भएकाले सरकारले सत्यतथ्य यथाशक्य छिटो सार्वजनिक गर्नुपर्ने माग गरे । 

महासंघका प्रवक्ता विष्णु बुढाथोकीले महासंघको संयमतालाई कमजोरी नठान्न सरकारलाई सचेत गर्दै गौचनका हत्यारा फरार भएबाट सिंगो निजी क्षेत्र आतंकित भएको बताए ।

सम्बन्धित समाचार

निर्माण व्यवसायीको रकम भुक्तानीको पहल गर्न अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका छन् ।  नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम

सिन्धुपाल्चोकबाट निर्माण व्यवसायी गिरफ्तार

चौतारा । विभिन्न बहाना बनाई समयमै काम सम्पन्न नगर्ने एक निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरदेखि मुढेसम्मको सडक स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएका सुनौलो खिम्ती जेभीका ठेकदार

सरकारले निर्माण व्यवसायीलाई ४४ अर्ब रकम तिर्न बाँकी

विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत रु ४४ अर्ब रकम लिन बाँकी रहेको जनाएको छ ।  महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले यहाँ आज पत्रकार सम्मेलन गरी

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा चिपालु निर्वाचित

मंगलबारे । नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित भएका छन् ।  अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित भएका हुन्