• २०८१ बैशाख १३ बिहीबार

साताको सेयरबजार : कारोबार रकम ३१ अंकले बढ्यो

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८१ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार २२ हजार आठ सय ८२ कारोबारबाट दुई अर्ब २४ करोड ६२ लाख ९७ हजार रुपैयाँबराबरका ६२ लाख ६६ हजार चार सय ५० कित्ता सेयरहरु खरिदबिक्री भएका छन् ।

कारोबार रकम गत साताभन्दा ३१ दशमलव २७ प्रतिशत बढी हो । गत साता एक सय ७१ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार १५ हजार तीन सय १८ कारोबारबाट एक अर्ब ७१ करोड ११ लाख ६४ हजार रुपैयाँ बराबरका ४६ लाख ४१ हजार ९० कित्ता सेयरहरु खरिदबिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव ४२ अंकले घटेर अन्तिम दिन १५ सय २२ दशमलव ८१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा चार दशमलव ५९ अंकले घटेर तीन सय १९ दशमलव ६४ अंकमा आइपुगेको छ ।

यो साता कारोबार रकम ११ करोड ३२ लाख ७० हजार रुपैयाँको आधारमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या तीन लाख ५८ हजार कित्ताको आधारमा ज्योति विकास बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या २४ सय २६ वटाको आधारमा नेपाल ग्रामीण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै