भूमण्डलीय तापक्रम वृद्धिले नेपालका पर्वतीय क्षेत्र नराम्ररी प्रभावित

खरीबोट

पेरिस / संयुक्त राष्ट्रसंघीय शैक्षिक–वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)का लागि नेपालका स्थायी प्रतिनिधि अम्बिका लुइँटेलले भूमण्डलीय तापक्रम वृद्धिका कारण नेपालका पर्वतीय क्षेत्र नराम्ररी प्रभावित भएकाले त्यसको न्यूनीकरणका लागि उपयुक्त कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बताएकी छिन् ।

युनेस्कोको ३९औँ साधारणसभालाई बिहीबार पेरिसमा सम्बोधन गर्दै उनले भूमण्डलीय तापक्रम वृद्धि हुन नदिने उपाय गर्नुपर्नेमा जोड दिइन् ।

युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि लुइँटेलले भूमण्डलीय तापक्रम वृद्धिले नेपालका पर्वतीय क्षेत्रमात्र नभई त्यसले नेपालसहित समग्र दक्षिण एशियाको जैविक विविधतामा क्षति पु¥याएको उल्लेख गर्दै जीवमण्डल र मानव जातिको महत्व तथा अन्तर्राष्ट्रिय जलविज्ञान कार्यक्रमका उपादेयताबारे चर्चा गरिन् ।

फ्रान्सका लागि नेपाली राजदूतसमेत रहेकी लुइँटेलले जलवायु परिवर्तन र भूमण्डलीय तापक्रम वृद्धिविरुद्ध लड्न तथा पारिस्थितिक पद्धति संरक्षणका लागि नेपालमा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र स्थापना हुनु एक आधारशिला रहेको बताइन्।

युनेस्कोको सहयोगमा भूकम्पबाट भत्किएका सांस्कृतिक सम्पदाको पुनःनिर्माण एवं पुनःस्थापना भइरहेको पनि उहाँले जानकारी दिनुभएको पेरिसस्थित नेपाली राजदूतावासले जनाएको छ ।

गत सोमबारदेखि शुरु भएको साधारणसभामा १९५ सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख एवं मन्त्रीले भाग लिइरहेका छन् ।

सम्बन्धित समाचार

पृथ्वीजस्तै आकार र तापक्रम मिल्ने ग्रह भेटियो, एलियन जीवन रहेको विश्वास

तारामण्डलमा एलियन (मानवजस्तै अन्य ग्रहको प्राणी)को जीवन रहेको आशंका गरिँदै आए पनि यसबारे थप रोचक तथ्य पत्ता लगाएको वैज्ञानिकहरुले दाबी गरेका छन् । हाम्रो सौर्यप्रणालीबाट मात्र ११ प्रकाश वर्ष टाढा

भूमण्डलीय तापक्रम वृद्धिले नेपालका पर्वतीय क्षेत्र नराम्ररी प्रभावित

पेरिस / संयुक्त राष्ट्रसंघीय शैक्षिक–वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)का लागि नेपालका स्थायी प्रतिनिधि अम्बिका लुइँटेलले भूमण्डलीय तापक्रम वृद्धिका कारण नेपालका पर्वतीय क्षेत्र नराम्ररी प्रभावित भएकाले त्यसको न्यूनीकरणका लागि उपयुक्त कार्यक्रम