• २०८१ बैशाख ८ शनिबार

पक्राउ दुई भारतीयबारे विशेष ब्युरोबाट अनुसन्धान शुरु

kharibot

काठमाडौँ । कमलादीबाट बुधबार राति हतियारसहित पक्राउ परेका दुई भारतीय नागरिकको सम्बन्धमा विशेष ब्युरोले अनुसन्धान शुरु गरेको छ । 

अन्तरदेशीय अपराधमा संलग्न देखिएकाले थप अनुसन्धानका लागि उनीहरुलाई विशेष ब्युरोको जिम्मा लगाइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए । 

बुधबार राति कमलादीस्थित एक रेस्टुराँमा विवाद हुँदा पेस्तोल देखाउँदै हवाई फायर गरेको केही समयलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँले भारतीय नागरिक ४३ वर्षीय जसवीर सिंह र ४० वर्षीय हरबिन्द सिंहलाई पक्राउ गरेको थियो । 

पक्राउ परेकामध्ये जसवीर सिंहको साथबाट पञ्जाब प्रहरीको परिचयपत्र बरामद गरेको छ । सो परिचयपत्र नक्कली हो की सक्कली हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

उनीहरुका साथबाट एक थान अत्याधुनिक पेस्तोल र ५१ वटा गोली बरामद भएको थियो । निर्वाचनको मुखमा पक्राउ परेका उनीहरु के–कारणले हतियारसहित नेपाल भित्रिएका थिए भन्नेमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै