• २०८१ बैशाख १३ बिहीबार

अनुहारको सुन्दरता र लामो कपालका लागि पढ्नैपर्ने यी पाँच टिप्स 

kharibot

तस्बिर : बिबिसी

काठमाडौँ । तपाई हामी सबैलाई थाहा भएको कुरा के हो भने मानवको शरिरमा छाला, कपाल अनि आखाँ सबैका हुन्छन् ।

कसैका आर्कषक हुन्छन् भने कसैकोमा त्यो चमकता केही मात्रामा कम देखिन्छ । तपाई गर्ने मेकअप र तपाईको खानपानमा ले मात्र असर गर्दैन, महिला र पुरुषहरु आफैलाई नियमित रुपमा फिट राखेर सुन्दर र आकर्षक बनाउन सक्छन् किनकी खानपानको सिधा प्रभाव हाम्रो छालामा पर्छ । पोषक तत्वका खाद्यय पदार्थहरुले हाम्रो छालाका साथ साथै हाम्रो स्वास्थ्यमा पनि फाइदा गर्दछन् ।

एक अध्ययनका अनुसार मानिसहरु खाने र पेटभर्नको लागि मात्र भएपनि खाना खाने गर्छन् जसको परिणाम उनिहरुको छालाको चमकता आउदैन र अनुहारको चमकता र नरमता पनि सिद्धिदै जान्छ । यसबाट बच्ने हामी तपाईलाई यस्तो खानाका परिकारहरुका बारेमा जानकारी दिदै छौ जसको प्रयोग र सेवनले तपाईको अनुहारको सुन्र्दता र छालामा चमकता देखाउने छ। 

अर्गानीक खानेकुराहरु

छालामा भएका दाग वा दानाहरु कम गर्न अर्गानीक खाने कुराको प्रयोग गर्नु आवश्यक हुन्छ । यसले दाग वा दानाबाट बच्नका लागि ब्ल्याक बेरी, स्ट्रबेरी, ब्लुब्री, क्रैनबेरी, र आर्टिचोकको सेवन गर्ने गर्नुपर्छ। छालालाई सुन्दर बनाउनको लागि खानेकुराहरु, दाल, ताजा काचो फलफुल, तरकारी, हरियो सागपातहरु, माछा मासु खानु राम्रो हुन्छ। 

पेय पदार्थको प्रयोग

अनुहारका दाग, धब्बाहरु हटाउने सजिलो उपाए पानी पिउनु भन्दा सजिलो अरु उपाय छैन् । यसले शरिरमा भएको अखाद्यया वा विष युक्त पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ । तपाई हर्बल चिया, सुप, फलफुल र तरकारीहरुको जुस पिउन सक्नुहुन्छ, किनकी तिनीहरुमा कम्तीमा पनि १० प्रतिशत पानी हुन्छ । यसले छालामा चमकता पनि ल्याउन्छ र निखार पन पनि । दिनभरमा कम्तीमा पनि १.५ लिटर पानी पिउनु आवश्यक हुन्छ र अवश्य पनि पिउनुस् ।

प्रोटीनयुक्त खानेकुराहरु

प्रोटीनयुक्त खानेकुराहरु पनि छालाका लागि आवश्यकता पर्दछ । त्यसैले आफ्नो खानामा नियमीत रुपमा प्रोटीनयुक्त आहारहरुको प्रयोग गर्नुहोस् । आफ्ना् खानामा मासु, माछा, अण्डा, दुध, दहि, पनिर, सोयाविन र दाल लिनुस् । यसले तपाईको शरिरलाई प्रयाप्त प्रोटीन दिनेछ । किनकी प्रोटीनयुक्त खानाले छालाका कोषीकाहरुको निर्माणमा सहयोग पुर्याउन्छ ।

भिटामीन सि युक्त खानेकुराहरु

कागती, अमला, सुन्तला, दलेको दाल र हरियो दुर्सानीमा भिटामीन सि पाइन्छ । यसलाई नियमीतखानेकुराको रुटिङमा राख्नुस्। किनकी छालको लचिलोपन र कोलोजनलाई सुधार्नमा यसले सहयोग पुर्याउछ ।

मौसमी फलफुलको प्रयोग गर्नुस् 

भित्र बिज भएका फलफुलहरु तरभुजा, खरभुजा, आलुबोखडा, जामुना, लीचि लगायतका फलफुलहरुको सेवनले छालालाई फाइदा गर्छ । यसले छालालाई कोमल र चमकदा बनाउन सहयोग गर्छन् । छालाका लागि अर्गानिक चिज निकै आवश्यक हुन्छन् । यसले तपाई छालाको सुन्दरता र कोमलतालाई मात्र होइन् तपाई स्वास्थ्यमा समेत असर पर्न दिदैन् । 

एजेन्सीको सहयोगमा 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै