५१ पूरा भए बलिउड बादशाह शाहरुख खान, हेर्नुहोस् उनका चर्चित १० भनाइ
खरीबोट
२०७४ कार्तिक १६ बिहीबार
मुम्बई । बलिउडमा किंङ खानको पहिचान बनाएका बलिउड नायक शाह रुख खानको बिहीबार ५१ वर्ष पूरा गरेका छन् ।
उनी दिल्लीको एक सामान्य परिवारका मान्छे हुन्। तर, उनको मिहिनेत र संघर्षले आज उनलाई सारा दुनियाँ भर आफ्नो पहिचान बनाउन सफल भएका छन् ।
उनका फिल्मी संवादहरु सबैले सुनेका होलान तर उनले दिएका सफलताका सूत्र भने सायदैले सुनेका छन् । उनको अभिनय कलामाथि बहस हुनसक्छ। तर, उनको जीवन एक बलिउडमा उदाहरणका रुपमा रहनेछ । शाहरुखका १० वटा चर्चित भनाइहरु यस्ता छन् :
१, भ्रमित हुनु ठीक हो । भ्रमबाट नै संसारमा स्पष्टताका सबै बाटो खुल्ने गर्छन् ।
२, मेरो सबैभन्दा ठूलो उपलब्धि म आफ्नो उपस्थितिमा मानिसहरुको अनुहारमा खुसी ल्याउन सक्छु ।
३, म आफ्ना फ्यानहरु माझ सहि तरिकाले उपस्थित हुन्छु र उनीहरुमा विश्वास गर्छु, किनकि उनीहरुले मलाई रोजगारी दिएका छन् ।
४, सामान्य हुनजस्तो दुनियाँमा केही छैन । सामान्य हुनु संसारभित्रको संसार हो ।
५, तपाई मान्छेहरुलाई जबर्जस्ती माया गर्न लगाउन सक्दैनौं ।
६, सम्बन्ध मायालाई खतम बनाइदिन्छन् । सम्बन्ध नियममा बनेका हुन्छन् । र नियमको गलत व्याख्या हुनसक्छ ।
७, यदि तपाई यो सोचेर डराउदै हुनुहुन्छ कि सबैकुरा गलत भयो भने गलत मात्रै हुन्छ ।
८, दिमाग रचनात्मकताको बिज हो, तर, हृदय माटो हो । खुला हृदयविना त्यो बीज बढ्न सक्दैन ।
९, मैले कहिलै पनि लक्ष्य निर्धारण गरेन तर, मैले यस्तो कुनै काम छैन । जसलाई सर्वश्रेष्ठ मान्नका लागि म तयार थिइन । काम
१०, आफ्नो डरलाई कहिलै पनि बन्द बाकसमा बस्न नदिनुस्, जसमा तपाई आफै बन्द हुनसक्नुहुन्छ । ती डरहरुलाई बाहिर निकाल्नोस्, महसुस गर्नुस् तिनलाई आफ्नो सामर्थ्यअनुसार सबैठूलो साहसमा बदल्नुस् ।