• २०८१ बैशाख ६ बिहीबार

मेगा बैंकले तीन महिनामा आठ करोड ११ लाख कमायो

kharibot

काठमाडौं । मेगा बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा आठ करोड ११ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १४ करोड ६९ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३९ अर्ब ३९ करोड ३७ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब २४ करोड ९२ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा तीन अर्ब ३१ करोड ४८ लाख २६ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको बैंकले सो अवधिमा ३३ करोड ४८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम १६ करोड ३५ लाख ९६ हजार रुपैयाँ रहेको बैंकको राइट ब्याक रकम चार करोड ५० लाख २९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३६ अर्ब ७७ करोड ४१ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ८१ करोड ९० लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा ३५ करोड ६७ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दसमलव शुन्य आठ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै