• २०८१ बैशाख १३ बिहीबार

पेस्तोल र गोलीसहित कमलादीबाट २ भारतीय प्रोफेशनल शुटर पक्राउ 

kharibot

काठमाडौं ।  काठमाडौंको कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र करिब ५० राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भारत पञ्जावका जसवित सिंह र हर देवेन्द्र सिंह नाम गरेका भारतीय नागरिक हतियार र ठूलो परिमाणको गोलीसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुलाई पक्राउ गर्ने क्रममा एक राउण्ड गोली चलाए पनि कोही घाइते भने भएका छैनन् । कुन प्रयोजनले नेपालमा हतियार र ठूलो परिमाणको गोली बोकेर उनिःरु आएका हुन भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । 

यसैबीच प्रहरीले यी व्यवसायिक भारतीय शुटरहरु नेपालमा कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ । 

अघिल्लो महिना निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली गानी हत्या गर्ने शुटर पनि भारतबाट आएका प्रोफेशनल शुटर रहेको बताइएको थियो । प्रहरीले त्यो घटनालाई जोडेर पनि अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै