• २०८१ बैशाख ७ शुक्रबार

वाम विद्यार्थी परिचालन कमिटी गठन

kharibot

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आज बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको छ । 

दुवै संगठनबाट सन्तुलित प्रतिनिधित्व हुने गरी बनाइने सो कमिटीले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशभर वाम उम्मेदवारलाई जिताउन प्रचारप्रसार गर्ने अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिएका छन् । 

अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा भएको बैठकले मुलुकको आर्थिक विकास र सृमद्धिका लागि वाम उम्मेदवारलाई विजयी बनाउन दुवै संगठन क्रियाशील भई अगाडि बढने निर्णय गरेको छ । 

नेकपा एमाले का अध्यक्ष केपी ओलीलाई जिताउन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विजयी गराउन अनेरास्ववियुका अध्यक्ष नवीना लामालाई बैठकले जिम्मेवारी दिइएको छ । 

दुवै संगठनका आज साँझ हुने विशेष कार्यकर्ता भेलालाई वाम नेता शंकर पोखरेल र वर्षमान पुनले प्रशिक्षण समेत दिने कार्यक्रम छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै