• २०८१ बैशाख ७ शुक्रबार

‘जिरो से हिरो’ बन्दै अभिषेक बच्चन

kharibot

मुम्बई । अभिनेता अभिषेक बच्चन लामो समयदेखि फिल्मबाट टाढा रहेका छन् । पछिल्लो फिल्म हाउसफुल-४ को सफलता पछि अभिषेकको हातमा कुनै फिल्म छैनन् । 

कवड्डी र फुटबल टिमका मालिक अभिषेकका फ्यानहरुका लागि खुशीको खबर आएको छ । अभिषेकले खेलकुदसँग सम्बन्धित फिल्म ‘जिरो से हिरो’ मा काम गर्ने भएका छन् ।

निर्माता निर्देशक शब्बिर बक्सावालाले अभिषेकलाई सो फिल्मका लागि प्रस्ताव राखेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो फिल्म रग्वी खेलसँग सम्बन्धित हुने बताइएको छ । अभिषेकको स्वीकृति पछि अहिले फिल्मको कथा लेख्ने काम भैरहेको र छिट्टै स्टिंग सुरु हुन सकने बताइएको छ ।

केहि हप्ता अघि अभिषेकले चर्चित फिल्म निर्देशक जेपी दत्ताको फिल्म पल्टनबाट अन्तिम समयमा हट झिकेका थिए । सुटिंग सुरुहुन भन्दा २४ घण्टा अगाडी अभिषेकले फिल्म छोडेका थिए । 

फिल्मको फष्ट लुक सार्वजनिक भइसकेको अवस्थामा फिल्म छोडेर अभिषेकले जेपी दत्तालाई अप्ठेरोमा पारिदिएको बताइएको छ । सो फिल्म पल्टनबाट अर्का अभिनेता सुनील शेठीले पनि हात झिकेको खबर अहिले आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै