• २०८१ बैशाख १२ बुधबार

बाघको आक्रमणबाट घाइते केटोको मृत्यु

kharibot

फाइल तस्बिर

रत्ननगर, चितवन ।  पश्चिम चितवनको मेघौलीबाट उद्धार गरिएको एउटा गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । 

बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा गएराति मरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । 

अत्यन्त नाजुक अवस्थामा उद्धार गरिएको गैँडाको केटो हिजो साँझ हिँड्दै गर्दा ढलेपछि उठ्न नसकेको कँडेलको भनाइ छ । आफ्नो ज्यान समेत धान्न नसक्ने अवस्थाको केटोको उद्धार गरिएको थियो । 

बाघले आक्रमण गरेको घाउमा किरा परेको अवस्थामा गस्ती टोलीले देखेपछि तीन दिनअघि गैँडाको उद्धार गरेर चितवनको सौराहामा ल्याइएको थियो । 

शरीरका विभिन्न भागमा बाघले चिथोरेर घाउ बनाएको थियो । पिठ्यूँमा गम्भीर चोटसमेत थियो जसका कारण उपचार प्रयास सफल हुन नसकेको निकुञ्जले जनाएको छ । 

सौराहामा यसअघि बाढीले बगाएर उद्धार गरिएको र निकुञ्जको पश्चिम क्षेत्रमै भेटेर ल्याइएका दुईवटा गैँडाका केटा रहेको पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै