• २०८१ बैशाख १२ बुधबार

अन्डर १९ एशिया कपमा नेपाल आयोजक मलेसियासँगै भारत र बंगलादेश रहेको समुहमा 

kharibot

फाइल तस्बिर

काठमाडौं । मलेसियामा हुने अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपालले भारत, बंगलादेश र आयोजक मलेसियासँग खेल्ने भएको छ ।  

मंगलबार सार्वजनिक भएको खेल तालिकामा नेपाल तीन पटकको विजेता भारतसहित बंगलादेश र मलेसिया रहेको समूह ‘ए’ मा परेको हो । 

नेपालले पहिलो खेल कात्तिक २५ गते बंगलादेशसँग खेल्नेछ । यस्तै कात्तिक २६ गते भारत र २८ गते मलेसियासँग खेल्नेछ । समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । 

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिममा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, सहाब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह रहेका छन् भने वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी रहेका टिमले एशिया कप खेल्ने छ । 

हाल तयारीका लागि नेपाली टोली प्रतियोगिताको तयारीका लागि बंगलादेशमा छ । नेपालले बंगलादेशमा त्यहाँको यू–१९ टिमसँग यहि कार्तिक १६, १८ र १९ एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै