• २०८१ बैशाख १३ बिहीबार

निर्माण व्यवसायी महासंघका अध्यक्षमा श्रेष्ठ

kharibot

काठमाडौँ ।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षमा विष्णुभाई श्रेष्ठ पदस्थापन भएका छन् ।  

गत असोज २३ गते अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि सो पदमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई अध्यक्षमा पदस्थापन गरिएको हो । महासंघको कार्यालय अनामनगरमा सोमबार बसेको कार्यसमितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चुनेको हो । 

यस्तै महासंघका वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष लक्ष्मणकुमार रानालाई पदस्थापन गरिएको छ । बैठकले महासंघको २० औँ साधारणसभा आगामी फागुन मसान्तसम्म गर्ने निर्णयसमेत गरेको छ । यसैबीच गौचनको हत्यारा पत्ता लगाउन सरकार उदासीन रहेको भन्दै महासंघले पुनः दबाबमूलक कार्यक्रम संचालन गर्ने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै