• २०८१ बैशाख १४ शुक्रबार

बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई 

kharibot

काठमाडौं । नेपाल सरकारले यसै वर्खामा गएको बाढीबाट तराईका प्रभावित क्षेत्रहरुको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ ।

ती क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक अध्ययन गरी नीतिगत व्यस्था मिलाउन र पुनर्निर्माणको समन्वय गर्न प्राधिकरण मातहत बाढी पुनर्निर्माण आयोजना निर्माण गरेको हो ।  

कार्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकले ‘बाढी तथा डुवान प्रभावित क्षेत्रमा पुनस्र्थापना तथा पुनर्निर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनर्निर्माणको समन्वय गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भित्र गठन गरिने विशेष इकाईको गर्ने’ निर्णय गरेको थियो । 

यो विशेष इकाइको आयोजना प्रमुखका रुपमा नियुक्त भएका डा. सुमन कर्णले सोमबारबाट जिम्मेवारी सम्हालेका छन् ।  विराटनगर, मोरङका डा।कर्णले यसअघि प्राधिकरणमा विशेष सल्लाहकारका रुपमा कार्य गरेका थिए । 

सहरी विकासमा विद्यावारिधि गर्नु भएका कर्णसँग संयुक्त राष्ट्रसंघमा आबद्ध भई इराक, सुडान, अफगानिस्तान, जोर्डनमा पुनर्निर्माण तथा विकाससम्बन्धी कार्य गरेको अनुभव छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै