• २०८१ बैशाख १३ बिहीबार

कस्मेटिक उद्योगमा देखिए 'पश्चिमा देशका नम्बर १ शत्रु' किम

kharibot

कस्मेटिक उद्योगमा श्रीमतीसहित भेटिएका उत्तर कोरियाली सर्वोच्च नेता । तस्बिर : एएफपी/रोयटर्स/मिरर युके

पूर्वी एसिया । महिनौँपछि उत्तर कोरियाली राष्ट्रपति किम जोंग उन सार्वजनिक स्थानमा देखापरेका छन् । उनी श्रीमती रि सोल जुसँगै कस्मेटिक फ्याक्ट्रीमा देखिएका हुन् ।

पश्चिमा राष्ट्रका लागि नम्बर १ खतरनाक शत्रु बनेका कम्युनिष्ट नेता कस्मेटिक उद्योगमा प्रफुल्ल मुद्रामा सर्वसाधारणसँग अन्तक्र्रिया गर्दै गरेको अवस्थामा देखिएका हुन् । यो भ्रमणको तस्बिर उत्तर कोरियाको आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले सार्वजनिक गरेको थियो । यद्यपि कहिले उनले भ्रमण गरेका हुन् भन्नेचाहिँ खुलेको छैन ।

प्योंगयांगमा रहेको महिला सौन्दर्य सामग्री उत्पादन गर्ने उद्योगको भ्रमण गरेको दाबी गरिएको छ । पत्नीसँगै देखापरेपछि पश्चिमा राष्ट्रले उनको पत्नीलाई लिएर गरेका शंकाउपशंकाको समाधान भएको छ । उनकी पत्नी करिब ८ वर्षको अन्तरालमा गत जुलाईमा पतिसँगै देखा परेकी थिइन् । अन्तर्देशीय क्षेप्यास्त्रको सफल परीक्षणका क्रममा देखिएकी उनकी पत्नी गत सेप्टेम्बरमा प्राविधिकलाई धन्यवाद दिने बेलामा पनि देखिएकी थिइन् ।  

खास गरी गुणस्तरीय सौन्दर्य सामग्री उत्पादन गरेर महिलाहरुको सौन्दर्य बढाउन उद्योगले काम गरिरहेको बताइएको छ ।

सधैँजसो अमेरिकालाई चेतावनी दिने र क्षेप्यास्त्र परीक्षण गरेर छिमेकी तर्साइरहने किम जोंग उन फरक कार्यक्रममा सार्वजनिक भएका कारण इन्टरनेटमा चर्चित बनेको हो । उनको शासनकालमा उत्तर कोरियाले ठूलो आणविक सफलता हात पारेको विश्वास गरिएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै