• २०८१ बैशाख १३ बिहीबार

ऐश्वर्यले पायो दर्शकको साथ, यस्तो छ तीन दिनको कलेक्सन

kharibot

काठमाडौँ । सार्वजनिक गीत तथा ट्रेलरले पाएको हाईपकै कारण दर्शक ऐश्वर्य हेर्न हलसम्म आएका छन् । गत विहिबार रिलिज भएको फिल्मले दर्शकको साथ पाएको छ । 

फिल्म विहिबार, शुक्रबार तथा शनिवार गरेर २ करोड बढी ग्रस कलेक्सन गर्न सफल भएको छ । ‘फिल्मले कमाएको कुराले हर्षित छु नै साथै फिल्मलाई दर्शकले मन पराएका छन् , त्यसैले झन् हर्षित छु’ निर्मातासंगै कलाकार समेत रहेका रमेश भन्छन ‘फिल्मको मेकिङको सर्वत्र चर्चा छ , त्यो सुखद पक्ष हो ।’

फिल्मले पहिलो दिन विहिबार उपत्यकामा २८ लाख ८६ हजार १ सय ७ रुपैया र मोफसलमा १९ लाख ३० हजार ५ सय ७५ को ब्यापार गर्न सफल भएको थियो भने दोस्रो दिन शुक्रबार उपत्यकामा ३२ लाख ६६ हजार ७ सय ४३ र मोफसलमा २४ लाख ८३ हजार ३ सय ५० को ब्यापार गर्न सफल भएको थियो । पहिलो र दोस्रो दिन दर्शकको साथ पाएको फिल्मले तेस्रो दिन शनिवार पनि उल्लेख्य साथ पाएको थियो । तेस्रो दिन शनिवार उपत्यकामा ५६ लाख ६४ हजार ५ सय ३७ र मोफसलमा ३९ लाख ६६ हजार १ सय ७२ को व्यापार गर्न सफल भएको छ । फिल्मले तिन दिनमा २ करोड १ लाख ९७ हजार ४ सय ८४ को ग्रस कलेक्सन गर्न सफल भएको छ ।

फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, विकास खतिवडा, तेन्जु योन्जन लगायतको पनि अभिनय रहेको छ । 

रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । राजेश श्रेष्ठ र सुदीप बरालकोे छायाँकन रहेको यो फिल्मलाई डिसीएनले अल नेपाल वितरण गरेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै