काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३ सय २ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ।
निर्वाचन आयोगसँग सहमति लिएर समय पुगेकाहरुको सरुवा गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सरुवा गरिएको भन्दै कार्तिक महिनाको तलब सुबिधा सरुवा भएको स्थानबाट नै पाउने उल्लेख गरेको छ ।