• २०८१ बैशाख १३ बिहीबार

राजतन्त्र र हिन्दुराज्य लोकतान्त्रिक गठबन्धनको एजेन्डा किन नबनाउने ?

kharibot

लेखक : विजय खड्का

काठमाडौँ । मुलुक वाम र प्रजातान्त्रिक ध्रुवीकरणमा विभक्त भईरहेको अवस्थामा अब मुलुकको भविष्य कुन मोड वा गन्तव्य तर्फ उन्मुख हुन्छ भन्ने कैतुहल र प्रश्न सर्वत्र छाईरहेको छ ।

विश्वका नेपाल भन्दा पछि मानचित्रमा देखिएका देशहरू आज समृद्धिशाली भईरहदा एसियाको यो कहिले उपनिवेश नभएको सुन्दर, शान्त मुलुक किन गरिबी भोक, अशिक्षा दुष्चक्रसँग सिगौरी खेल्दै अझै विकास, सुशासन, समृद्धिको लागि घिस्रिरहेको छ भन्ने यक्ष प्रस्न खडा भएको छ ।

शासन व्यवस्था परिवर्तनको नाममा हामीले राणा शासन त फाल्यौ, तर आफु भित्रको निरकुशतालाई कहिल्यै फालेनौ, पंचायत ढाल्यौ, राजा फाल्यौ तर अझै विना श्रीपेचका थुप्रै राजा व्यकोर्न मुलुक वाध्य छ, नेपालमा आएका सवै परिवर्तनमा छिमेकीको परोक्ष वा प्रत्यक्ष संलग्नता विना संभव भएन वा नेपाली जनताको चहाना आकांक्षा मात्र नभै देशी विदेशी शक्ति केन्द्रले नेपालको प्राकृतिक स्रोत साधनमा हैकम जमाउन, आफ्नो देशको धर्म संस्कृति नेपाल भित्र्याउन समग्रमा परिवर्तनको नाममा र जनताको नाममा देशी विदेशी दलालहरूको स्वार्थ र आवश्यकता पूरा गर्न पनि परिवर्तनलाई साथ दिने तर मुलुकमा सुशासन, विकास र स्थिरता कहिल्यै हुन नदिने पात्र र प्रवृत्ति हावी हुन थाल्यो ।  मलुकलाई यो अवस्थावाट बाहिर ल्याउन राप्रपाले देशभक्त, राष्ट्रवादी प्रजातान्त्रिक गठवन्धन तर्फ आफ्नो समर्थन जनाएर शसक्त उपस्थिति जनाएको हो ।

वाम गठवन्धनको नाममा मुलुकलाई एकदलीय अधिनायकवाद तर्फ उन्मुख गराउदै मुलुकको समग्र राज्य व्यवस्था माथि एकाधिकार जमाएर मुलुकलाई कुनै न कुनै रूपको निरंकुशता तर्फ अघि वढाउनुनै वाम गठवन्धनको अन्तिम अभिष्ट हो ।

वाम गठवन्धनको नाममा मुलुकलाई एकदलीय अधिनायकवाद तर्फ उन्मुख गराउदै मुलुकको समग्र राज्य व्यवस्था माथि एकाधिकार जमाएर मुलुकलाई कुनै न कुनै रूपको निरंकुशता तर्फ अघि वढाउनुनै वाम गठवन्धनको अन्तिम अभिष्ट हो ।

यो सफल भएमा मुलुक उल्टो यात्रा तर्फ हिडने मात्र हैन अझै मुलुक विश्व मानचित्रमा विकास र शुसाशनवाट ५०औ वर्ष पछि धकेलिने निश्चित छ । त्यसैले मुलुकले लोकतान्त्रिक शक्तिहरूको एकता र सहकार्य अझै टडकारो रूपमा खडकिएको महशुस गरेको छ ।

मुलत: राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा सम्बर्धनवादी शक्ति हो, यसले धर्म संस्कृति, परम्परा, निरन्तरता सहितको परिवर्तनमा विश्वास राख्छ, वाम शक्तिको उदेश्य पुरानै  शक्ति र संरचनालाई ध्वस्त पार्दै नव निर्माण तर्फ अगाडि वढने हो भने लोकतान्त्रिक गठवन्धनको मुख्य दल काग्रेस मध्यमार्गी पार्टी हो, राप्रपालाई आफ्नो संगठन विस्तार गर्न र सहकार्य गर्न हरेक प्रकारले मध्यमार्गी काँग्रेस संगनै सहज, सरल र स्वभाविक हुन्छ, कुनै वेला हिन्दु राष्ट्र र राजतन्त्र पनि काग्रेसको विधान भित्र रहेको र यसको संस्थापक विपि काईरालाले पनि यो सिद्धान्त समेतको काग्रेस जन्माउनु भएकोले र काग्रेसमा धेरै कार्यकर्ता र समर्थकले सहज रूपमा ग्रहण गर्ने भएकोले पनि राप्रपालाई यो गठवन्धन सहज भएको हो ।

त्यसैले राजातन्त्र र हिन्दुराष्ट्रको पुनर्स्थापनाको मुद्दा  लोकतान्त्रिक गठवन्धनको एजेन्डा किन नबनाउने ? अब यो प्रश्न यस गठबन्धनमा रहेका सबै दलले सोच्ने र मनन गर्ने बेला आएको छ । 

तत्कालीन राप्रपा नेपाल र यस्का संस्थापक कमल थापावाट राजा र हिन्दुराज्यको मुद्दालाई अत्यन्त प्रतिकुल र असहज अवस्थावाट हालका दिनसम्म यो मुद्दालाई जिँउडो राख्न यथासम्भव प्रयास भएको हो । सडक र संसदमा सशक्त आवाज उठाऊदै आन्दोलन गरिएता पनि संसदमा कम संख्या र ९४% ओमकार परिवार भएको ठाँउमा पनि आन्दोलनवाट यो मुद्दा स्थापित गराउन सकिएन । अबको दिनमा कम्युनिस्ट सर्वसत्तावाको विरूद्धमा राजातन्त्र र हिन्दुराष्ट्रको पुनर्स्थापनाको मुद्दा  लोकतान्त्रिक गठवन्धनको लागि एउटा संजिवनी वुट्टी भएर आएको छ । 

त्यसैले राजातन्त्र र हिन्दुराष्ट्रको पुनर्स्थापनाको मुद्दा  लोकतान्त्रिक गठवन्धनको एजेन्डा किन नबनाउने ? अब यो प्रश्न यस गठबन्धनमा रहेका सबै दलले सोच्ने र मनन गर्ने बेला आएको छ । 

यो मुद्दालाई सशक्त र ईमानदारीका साथ जनताको माझ लाने हो भने नेपाल एउटा भरपर्दो, सुरक्षित, सम्मुन्नत प्रजातान्त्रिक मुलुकको रूपमा विश्वसामु पुन:प्रकट हुनेछ । अन्यथा लोकतन्त्र र यसको अहंकारवादलाई वाम सुनामीले निमेट पार्ने छ ।

जय राष्ट्रवाद ।

(लेखक विजय खड्का राप्रपाका विदेश विभाग प्रमुख हुन्)
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै