• २०८१ बैशाख ६ बिहीबार

अन्डर १९ एशिया कप खेल्ने नेपाली क्रिकेट टिमको घोषणा 

kharibot

फाइल तस्बिर

काठमाडौँ ।  एसिसी यू–१९ एसिया कपको लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली युवा क्रिकेट टिम घोषणा भएको छ। युवा टिमका प्रशिक्षक विनोदकुमार दास तथा एसिसीका प्रतिनिधि वेनकटपति राजुको छनोट समितिले १५ सदस्यीय नेपाली टोली घोषणा भएको हो ।

टिममा गत महिना मलेसियामा एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता खेलेका अधिकांश खेलाडी छन्। टीममा भीम सार्की, रसिद खान र जितेन्द्र सिंह टिममा पर्न सफल भएका छन् भने सन्दीप जोरा र विक्रमकुमार भुसाल वैकल्पिकमा परेका छन् । नन्दन यादवले भने चोटका कारण नाम फिर्ता लिएका थिए। 

नेपाली टिममा दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, सहाब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह रहेका छन् भने वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी रहेका छन् ।

नेपाली टिमले मलेसियामा हुने यू–१९ एसिया कपअघि अभ्यासका लागि सोमबार बंगलादेश जाने कार्यक्रम छ ।

नेपालले बंगलादेशमा त्यहाँको यू–१९ टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ। यस्तै नेपालले बंगलादेशको युवा टिमसँग १६, १८ र १९ कात्तिकमा एकदिवसीय अभ्यास खेल खेल्नेछ।

कात्तिक २३ देखि मलेसियामा हुने यू–१९ एसिया कपमा नेपालसहित ८ टिमको सहभागिता हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै