• २०८१ बैशाख ८ शनिबार

अन्डर १७ विश्वकप फुटबलको उपाधि इङल्याण्डले जित्यो 

kharibot

काठमाडौँ । इङल्याण्डले अन्डर १७ विश्वकप फुटबलको उपाधि जितेको छ । भारतमा आयोजना भएको अन्डर १७ विश्वकपको आज भएको फाइनलमा स्पेनलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । 

फाइनल खेलमा २-० ले पछि परेको इङल्याण्डले खेलमा पुनरागमन गर्दै खेल जितेको छ । स्पेनका लागि खेलको १०औ र ३१औ मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाएका थिए ।

इङल्याण्डका लागि खेलको ४४औ मिनेटमा रहियान ब्रेवस्टरले गोल गर्दै खेलमा फर्किएको इङल्याण्ड खेलको ५८औ मिनेटमा गिब्स ह्वाइटको गोलबाट खेल बराबरी गर्न सफल भएको थियो । त्यसपछि इङल्याण्डका फोडेनले खेलको ६९औ मिनेटमा गोल गर्दै इङल्याण्डलाई ३-२ को अग्रता दिलाएका थिए भने गुएहीले इङल्याण्डका लागि चौथो गोल गरेका थिए । इङल्याण्डका लागि पाचौ गोल फिल फोडेनले गरेका थिए ।

भारतमा पहिलो पटक आयोजना भएको अन्डर १७ विश्वकप फुटबल इङल्याण्डले पहिलो पटक जितेको हो । अन्डर १७ विश्वकपको यो १७औ प्रतियोगिता हो । अन्डर १७ विश्वकपको उपाधि सबै भन्दा धेरै पटक नाइजेरियाले ५ पटक जितेको छ भने ब्राजिलले ३ पटक, घना र मेक्सिकोले २, २ पटक जितेका छन् । त्यस्तै सोभियत युनियन, साउदी अरेबिया, फ्रान्स, स्विटजरल्याण्ड र इङल्याण्डले एक एक पटक जितेका छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै