• २०८१ बैशाख १३ बिहीबार

स्पेनका प्रधानमन्त्रीद्वारा क्याटालानको मन्त्रिमन्डल र संसद भंग

kharibot

म्याड्रिड । स्पेनका प्रधानमन्त्री मारियानो रजोयले क्याटालान राज्यको संसदलाई भंग गरिदिएका छन् ।

प्रधानमन्त्री मारियानोले क्याटालानका नेता कार्लोस पूजीमोन्ट र उनको मन्त्रिमन्डललाई पनि बर्खास्त गरेको घोषणा गरेका छन् । उनले क्याटालानमा आगामी डिसेम्बर २१ मा नयाँ निर्वाचन हुने बताएका छन् । 

क्याटालानको संसदले आफुलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि प्रधानमन्त्रीले सो कदम चालेका हुन् । स्पेनको सिनेटले क्याटालानमा प्रत्यक्ष शासन लगाउने पक्षमा निर्णय लिए पछि प्रधानमन्त्रीले सो कदम उठाएका हुन् । उनले क्याटालानका प्रहरी प्रमुखलाई पनि बर्खास्त गरेका छन् । 

शुक्रबार क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा भएको गोप्य मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका छन् । संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको छ भने विपक्षमा १० मत परेको छ । दुई सांसद्ले कुनै पनि पक्षमा मतदान नगरी मतपत्रलाई खाली खसालेका बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै