• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा सात दसमलव ११ अंकको बृद्धि, कारोवार रकम घटेर ९४ करोडमा सिमित

kharibot

नेप्सेमा आज बृद्धि देखिए पनि कारोवार रकम अघिल्ला दिनहरुको तुलनामा घटेको छ । नेप्से सात दसमलव ११ अंकले बढेर १६ सय ३६ दसमलव १९ बिन्दुमा चढेको छ ।

यसैगरी सेन्सिटिभ पनि शुन्य दसमलव १७ अंकले बढेर तीन सय ४४ दसमलव ७७ बिन्दुमा चढेको छ । एक सय ५६ कम्पनीहरुको सात हजार चार सय छ वटा कारोवारमा १३ लाख ७१ हजार एक सय १० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९४ करोड ८५ लाख ५६ हजार एक सय छ रुपैयाँ पुगेको छ ।

आठ वटा समुहको कारोवार भएकोमा आज छ वटा समुहको कारोवार बढेर दुुई वटा समुहको कारोवार घटेको छ । उच्च अंकले बढेको बीमा समुहको सुचक आज एक सय ५७ दसमलव ३२ अंकले बढेर नौ हजार पाँच सय २६ दसमलव ५७ बिन्दुुमा चढेकोमा ३८ करोड ९५ लाख ३१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समुहको सुचक छ दसमलव ४८ अंकले बढेर १९ सय ९२ दसमलव १० बिन्दुुमा चढेकोमा १२ करोड ३७ लाख १६ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलबिद्युुत समुहको सुचक पनि १८ दसमलव तीन अंकले बढेर १९ सय ५४ दसमलव ६७ बिन्दुमा चढेकोमा सात करोड ४० लाख ९२ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल, फाईनान्स र उत्पादनमुलक समुहको कारोवार सुचक पनि आज बढेको छ ।

बाँणिज्य बैक समुहको सुचक भने आज शुन्य दसमलव चार अंकले घटेर १४ सय ३२ दसमलव सात बिन्दुमा झरेकोमा १९ करोड २१ लाख ३३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी अन्य समुहको सुचक पनि आज घटेको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर १७ हजार पाँच सय ४५ रुपैयाँमा कारोवार भएको छ । बढी गुुमाउने कम्पनीको सुचीमा परेको सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मुल्य भने चार रुपैयाँले घटेर दुुई सय ४० रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ । रकम कारोवारका आधारमा अग्रस्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरतर्फ १५ हजार तीन सय ६७ रुपैयाँ अन्तिम मुल्यमा १० करोड २९ लाख ७२ हजार दुई सय ३० रुपैयाँको कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै