• २०८१ बैशाख ७ शुक्रबार

पृथ्वीको सौर्यमण्डलमा कसरी आइपुग्यो 'एलियन कोमेट' ?

kharibot

हाम्रो सौर्यमण्डलमा प्रवेश गरेको भनेको नयाँ ताराको नक्षत्रमार्गको अनुमानित कक्ष । तस्बिर : डेली मेल

अमेरिका \ पृथ्वीको सौर्यमण्डलमा अज्ञात तारामण्डलबाट आएको 'तारा'ले भ्रमण गरेको वैज्ञानिकहरुले आशंका गरेका छन् । पृथ्वीभन्दा टाढाबाट सौर्यमण्डलमा अनियमित तवरबाट आफ्नै नक्षत्रमार्गमा कुनै तारा (कोमेट) अगाडि बढिरहेको देखिएपछि वैज्ञानिकहरुलाई यस घटनाले अचम्म बनाएको छ ।

वैज्ञानिकहरुले उक्त कोेमेट अरु नै सौर्यमण्डलबाट पृथ्वीको सौर्यमण्डलमा प्रवेश गरेको र यसले आफ्नै गति र नक्षत्रमार्ग लिएको भन्दै आश्चर्य व्यक्त गरेका हुन् । अमेरिकाको हवाईमा रहेको एउटा आकाशीय सर्वेक्षक टेलिस्कोपले एकदमै तीव्र गतिमा रहेको उक्त कोमेट (पुच्छ्रे तारा) अन्तरिक्षमा भेटेको हो । यो यही अक्टोवर महिनाको १८ तारिखको घटना हो । अहिले उक्त वस्तुलाई सी/२०१७यू१ नाम दिइएको छ ।

उक्त कोमेट अनियमित नक्षत्रमार्गमा सूर्यतिर गइरहेको देखिएको थियो । उक्त घटनाको अर्को हप्तासम्म मात्रै उक्त कोमेटलाई खगोलविद्ले ३४ पटक त्यसमाथि निगरानी राखेका थिए । सो क्रममा अचम्मको नक्षत्रमार्ग देखिएको थियो । कोमेटले एउटा कोणमा ग्रहहरुको कक्ष लिइरहेको देखिए पनि सूर्यलाई भने यसले चक्कर नलगाएको भेटिएपछि यसले वैज्ञानिकहरुमा कुतूहल बढाएको हो ।

अहिले खगोलविद्हरुले आकाशीय अध्येताहरुले यसको सूक्ष्म अध्ययन गरी यो हाम्रै छिमेकी सौर्यमण्डलबाट आएको हो वा कुनै अर्कै टाढाबाट आएको भन्ने पत्ता लगाउने आशा गरेका छन् । प्रायः सबै ताराहरुले अण्डाकार कक्षमा नक्षत्रमार्गमा निश्चित वस्तुको परिक्रमा गर्ने गर्छन् तर नाटकीय रुपमा यो भने सोही कक्षमा पुनः नआउने खगोलविद्हरुको दाबी छ ।

एउटा आकाशीय सर्वेक्षक टेलिस्कोपले एकदमै तीव्र गतिमा रहेको उक्त कोमेट (पुच्छ्रे तारा) अन्तरिक्षमा भेटेको हो । यो यही अक्टोवर महिनाको १८ तारिखको घटना हो । अहिले उक्त वस्तुलाई सी/२०१७यू१ नाम दिइएको छ ।

यो कुनै लायरा तारामण्डलको निर्देशनबाट यात्रा गरिरहेजस्तो देखिने उनीहरुको भनाइ छ । लायरा मिल्की वे भित्र नै रहेको सूर्यवरपरकै तारा भएको कोलाराडोको बाउल्डरस्थित साउथवेष्ट इन्स्टिच्युटका ल्युक डोन्सले बताए ।  

यो धेरै टाढाबाट आएको अनुमान खगोलविद्हरुले गरे पनि यसको ब्याक ट्र्याक अर्थात् सुरुवाती विन्दु पहिचान गर्न भने नसकिने उनीहरुको ठम्याइ छ । तर यो हाम्रो सौर्यमण्डलबाहिरबाट आएकोमा भने उनीहरु निश्चितप्रायः छन् ।

सोही इन्स्टिच्युटका साइमन पोर्टर यो एकीनसाथ भन्न गाह्रो पर्ने बताउँछन् । आगामी दिनमा यसको अवलोकन गरेपछि यसबारे थप प्रष्टिने संकेत उनले गरे । युनिभर्सिटी अफ साउथ फ्लोरिडाकी मारिया वोम्याकले बृहस्पति वा अर्कै ग्रहसँग यसले सम्पर्क गरेको हुनसक्ने यसले गरेको कक्ष परिवर्तनबाट देख्नसकिने बताइन् । उक्त ताराको केन्द्र कक्ष पहिचान गर्नुपर्ने उनीहरुको बुझाइ छ ।

‘यदि अन्तरिक्षमा यस्तो गतिविधि देखिए टेलिस्कोपमा रहेको व्यक्तिले तुरुन्तै फोन गर्नुपर्छ’, उनले भनिन् । खगोलविद्हरुले धेरै अध्ययनपछि मात्र यो हाम्रो सोलारसिष्टमबाहिरबाट आएको बारे भन्नसकिने बताएका छन् । उनीहरुका अनुसार कोमेट शक्तिशाली टेलिस्कोपबाट अर्को हप्तासम्म देख्न सकिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै