• २०८१ बैशाख ४ मंगलबार

काठमाडौँ र पोखरामा पनि छठ पर्व समापन

kharibot

काठमाडौँ । उदाउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दान गरी आज बिहान यहाँ यस वर्षको छठ पर्व समापन गरिएको छ । 

कार्तिक शुक्ल चतुर्थी अर्थात् मंगलबारदेखि शुरु भएको छठ पर्वको मुख्य दिन बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो । अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका व्रर्तालु छठ घाटमा जाग्राम बसी आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिए । 

उपत्यकामा पशुपति क्षेत्रस्थित गुह्ेश्वरी मन्दिरअगाडिको वाग्मती नदी किनार, कमल पोखरी, नाग पोखरी, गहना पोखरी, थापाथली, कुपण्डोललगायत वाग्मती, विष्णुमती र नख्खु खोला किनार गरी २० स्थानमा छठ पर्व मनाइएको छठ पूजा समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिनुभयो । 

यस वर्षदेखि सरकारले उदाउँदो सूर्यलाई अर्घ दिइने कार्तिक शुक्ल सप्तमी अर्थात् आज शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । छठ वर्तालुले आज पनि सार्वजनिक बिदा दिने सरकारको निणर्यको स्वागत गरेका छन् । 

सूर्यलाई अघ्र्य दिइ छठ सम्पन्न 

यसैगरी,    पोखराबाट प्राप्त समाचार अनुसार यहाँ पनि आज बिहानको उदाउँदो सूर्यलाई अघ्र्य दिइ यहाँ आज छठ पर्व सम्पन्न भएको छ । छठ पर्व सम्पन्न भएपछि श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गरिएको थियो ।     

पोखराको फेवातालको किनार, केदारेश्वर मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर र कालीखोलाको संगमस्थल रिठाघाट त्रिवेणीधाममा बिहीबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिई भक्तजन निराहार बसी रातभरि नै पूजापाठ गरी पर्व मनाएका थिए । 

छठ पर्व स्थललाई रङ्गीविरङ्गी ध्वजापताकाबाट सिँगारिएको र वर्तालु रातभरि नै जाग्राम बसी भजन कीर्तन, नाचगानसमेत गरेका थिए । छठ पर्वले परिवारको सुख, शान्ति, समृद्धि एवं सधैँ निरोगी हुने हुनाले यसको महत्व बढ्दै गएको रिठाघाट त्रिवेणी धाम मेला व्यवस्थापन समितिका संयोजक एवं प्राध्यापक देवनारायण सुतिहारले जानकारी दिनुभयो । 

केही वर्षअघिसम्म तराईमा मात्रै मनाइने छठ पर्व पछिल्ला दिनमा पहाडका मुख्य शहरमा पनि धुमधामसँग मनाउन थालिएको छ । 

विभिन्न व्यापार व्यवसायका लागि पोखरा आएका तराई मूलका मानिस र पहाडी मानिस एकै ठाउँमा भेला भई संयुक्तरुपमा पर्व मनाउन थालेका छन् ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मंगलबार अरबा–अरबाइन, दोस्रो दिन बुधबार खरना, तेस्रो दिन बिहीबार अस्ताउन लागेको सूर्य र चौथो दिन आज उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न भएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै