• २०८१ बैशाख ८ शनिबार

‘ऐश्वर्य’ ले गर्यो आक्रामक सुरुवात, यस्तो रह्यो पहिलो दिनको कमाई 

kharibot

काठमाण्डौ । छठ पर्वदेखि देश भरका झन्डै एक सय सिनेमा हलमा रिलिज भएको फिल्म ‘ऐश्वर्य’ ले आक्रामक व्यापार गरेको छ । कलाकारको रुपमा लामो समय विताएका रमेश उप्रेतीको निर्माणमा डेब्यु रहेको फिल्मलाई दर्शकले रुचाएका छन् । 

विहिबार नै प्रदर्शनमा आएको फिल्मलाई बिहानी शो मा ८० देखि ९० प्रतिशत अकुपेन्सी थियो भने त्यसपछिका शो मल्टिप्लेक्सका हल क्युएफएक्स, बिग मुभिज, क्युज सिनेमा, एफक्युब लगायत गोपी कृष्ण, गुण सिनेमा, अष्टनारायण पिक्चर्स लगायत मोफसलको मुख्य स्टेसन पोखरा, नारायणगढ, हेटौडा र पुर्वका स्टेसनमा हाउसफुल भएको थियो । 

वितरक डिसीएनले दिएको जानकारी अनुसार फिल्मले उपत्यकामा २८ लाख ८६ हजार १०७ रुपैयाको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को ब्यापार गर्न सफल भएको छ । पहिलो दिनको टोटल ग्रस कलेक्सन ४८ लाख १६ हजार ६ सय ८२ गरेको छ । 

विशेष गरि यसको फिल्मको मेकिङको राम्रो चर्चा भएको छ । प्रेस शो मार्फत फिल्मका भिलेन प्रशान्त ताम्राकार अभिनेत्री केकी अधिकारी र डेब्यु गर्ल दीपिका प्रसाईंले अभिनयको प्रशंशा पाएका छन् । रमेशले पनि अघिल्ला फिल्म भन्दा राम्रो गरेको प्रतिक्रिया बटुलेका छन् तर दर्शकका लागि फ्रेस प्रशान्तनै केन्द्रविन्दुमा रहेका छन् । 

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी , रमेश , प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ । संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको तिमि रोएको पल गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ । यस गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ ।

फिल्मले आक्रामक सुरुवात गरेपछि निर्माता समेत रहेका नायक रमेश उप्रेती खुशी देखिन्थे । दर्शकले हेर्न चाहेको किसिमको फिल्म बनाएको महसुस भएको बताउदै फिल्मको मेकिङलाई निकै तारिफ मिलेको बताए । उनले आफुहरुले गरेको मेहनतलाई दर्शकले रुचाएकाले थप हौसला मिलेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै