• २०८१ बैशाख ४ मंगलबार

रोबोट सोफियालाई साउदी अरबले दियो नागरिकता, यसरी दिईन् धन्यवाद (भिडियो सहित)

kharibot

काठमाडौँ । ह्युमन रोबट सोफियालाई साउदी अरबले आफ्नो देशको नागरिकता दिएको छ ।

धातु र तारको टुक्राले बनेकी रोबट सोफिया कुनै देशको नागरिकता पाउने पहिलो रोबट बनेकी छन् । विहिबार साउदी अरबको साउदी अमेरिकी पब्लिक रिलेशन अफयेर्स कमिटिले सो कुराको आधिकारिक घोषणा गरेको हो । सो जानकारी दिदै कमिटीले रोबोट सोफिया कुनै देशको नागरिकता पाउने पहिलो रोबट भएको उल्लेख गरेको छ ।

साउदी अरबको सस्कृति तथा सूचना मन्त्रलायले यस घटनालाई ऐतिहासिक बताउदै रोबट सोफियालाई साउदीमा स्वागत गर्न आग्रह गरेको छ ।

हेनसन रोबोटिक्सले बनाएको रोबोट सोफियाले रियादमा भएको फ्युचर इन्भेस्टमेन्ट सबमिटमा स्पिकरक ओरुप्मा भाग लिएर सबैलाई आश्चर्यमा पारेकी छन् । सोफियाले सो सम्मेलनमा आधुनिकीकरणका लागि लागने बढाउने विषयमा चर्चा गरेको बताइएको छ ।

सम्मेलनको उदघाटना गर्दै साउदी अरबका राजकुमार मोहमद बिन सलमानले देशलाई आधुनिक बनाउने योजना अनुसार उदार इस्लामको नीति अवलम्बन गरिने बताएका थिए । रोबोट सोफियालाई पनि सोहि किसिमले बनाइएको बताइएको छ ।

रोबोट सोफिया अनुहारमा आउने भाव हेरेर चिन्न सक्ने र कसैसँग पन इस्मान्य रुपमा कुरा गर्नसक्ने रुपमा बनाइएको छ ।  रोबोट सोफियाले कैयौ मिडियालाई अन्तर्वार्ता पनि दिएको बताइएको छ । रोबोट सोफियालाई हेनसन रोबोटिक्सका संस्थापक डेभिड हेनसनले बनाएका हुन् ।

सोफियालाई हलिवुडकी अभिनेत्री आड्री हेपबर्नकी जस्ती देखिने गरी बनाइएको छ ।रियादको सम्मेलनमा सिएनबिसीका पत्रकार एन्ड्रयु रस सोरोकिनले सोफियाको अन्तर्वार्ता लिएका थिए । 

अन्तर्वार्ता दिदै रोबोट सोफियाले आफुलाई नोक्सान नपुर्याए आफुले पनि राम्रो व्यवहार गर्ने बताउदै आफुलाई एक स्मार्ट कम्युटरको रुपमा हेर्न आग्रह गरिन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै