• २०८१ बैशाख १३ बिहीबार

कतार सरकारद्वारा कामदारको न्युनतम तलब तोक्ने घोषणा 

kharibot

तस्बिर : एएफपी

दोहा ।  कतार सरकारले श्रमसम्बन्धी नियममा परिमार्जन गरि कामदारका लागि न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको छ । कतारमा सन् २०२२ मा विश्व कपको आयोजना हुँदैछ।

अन्तर्राष्ट्रिय श्रम संगठनसँगको बैठकको अघिल्लो दिन कतारले सो घोषणा गरेको हो । अन्तर्राष्ट्रिय श्रम संगठनले कतार सरकारले विदेशी कामदारहरूको श्रम शोषण गरेको आरोप लगाइरहेको छ । 

सन् २०२२ मा विश्व कपको फुटबलका कारण कतार अन्तर्राष्ट्रिय चासोको विषय बनिरहेको बेला न्युनतम पारिश्रमिक तोक्ने तयारी भएको हो ।  कतारले सन् २०१६ मा लागू गरेको श्रम ऐनको अन्त्य भएको घोषणा सँगसँगै अन्तर्राष्ट्रिय ट्रेड युनियनले कतारको उक्त घोषणाको स्वागत गरेको छ।

नयाँ घोषणामा श्रमिकको न्युनतम पारिश्रमिक तोकिने, सरकारको केन्द्रीय संयन्त्रले नै कामदारको सम्झौता, कम अवधि जस्ता विषयको कार्यान्वयन गर्ने, कामगर्ने ठाउमा कामदारको युनियन बनाउन दिने, सरकारले कामदारको परिचय पत्र जारी गर्ने जस्ता विषयहरु रहेका छन् । नयाँ नियम कुन मितिदेखि कार्यन्वयन हुने भन्ने तय भइसकेको छैन ।

हाल कतारमा करिब २० लाखको संख्यामा विदेशी कामदारहरू कार्यरत छन् । कतारले अघिकांश कामदारहरू निर्माण क्षेत्रका लागि माग गर्ने गरेको छ। त्यसमध्ये अधिकांश कामदार एशियाबाट जाने गरेको अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांकले बताएको छ ।

सन् २०१३ मा सार्वजनिक भएको एक रिपोर्टका अनुसार सन् २०२२ को विश्वकपको स्टेडियम निर्माण गर्दा मात्र १२ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै