संसारकै महंगो जुत्ता जसको मूल्यमात्रै १ अर्ब ५६ करोड छ !

खरीबोट

तस्बिर : Splash News/Mirror UK

अमेरिका । विश्वकै महंगो जुत्ता सार्वजनिक गरिएको छ । जसको मूल्यमात्रै १५.१ मिलियन डलर अर्थात् झण्डै डेढ अर्ब नेपाली रुपैयाँ रहेको छ ।

बेलायती डिजाइनर डेबी विंग्घमले यसको डिजाइन गरेकी हुन्, यसअघि उनले विश्वकै महंगो पोसाक डिजाइन गरेकी थिइन् । विंग्घम ठूला ठूला कलाकार, राजखान्दानीहरुका लागि विलासी वस्तु निर्माणमा प्रख्याती कमाएकी डिजाइनर हुन् ।

उक्त जुत्ता अचम्मसँग डिजाइन गरी बनाइएको छ । त्यसमा गुलाबी र निला हिराजडित रहेको छ, जसको मूल्यमात्रै नौ लाख ८० हजार पाउण्ड पर्छ । उक्त जुत्ता जन्मदिनको शुभकामनाका लागि माग भएको बुझिएको छ ।

त्यसमा तीन क्यारेटको सेतो हिरा र अरु एक हजार प्वाइन्टर हिराहरु आकर्षक रुपमा राखिएका छन् । सबै हिराहरु प्लाटिनममा जडित गरिएका छन् भने जुत्ताको जिप स्वर्णजडित रहेको छ । त्यस्तै लेदर कोटिंग प्रोसेस २४ क्यारेट सुनबाट पेन्ट गरिएको छ ।

डिजाइनरकी प्रवक्ताका अनुसार कसैलाई मायाको चिनो स्वरुप जन्मदिनको सौगातका लागि माग गरिएको हो । फ्लोरिडातिरका कलाकार क्रिस काम्पबेलसँगै सहकार्यमा उक्त जुत्ताको डिजाइन गरिएको हो । उनले यसअघि डिजाइन गरेको पोसाकको मूल्य ११.७ मिलियन पाउण्ड स्टर्लिंग रहेको थियो ।

  • एजेन्सीबाट अनुदित ।

सम्बन्धित समाचार

जुत्तामा लुकाएर डलर तस्करी गर्ने भारतीय नागरिक पक्राउ

हेटौंडा । नेपाल प्रहरीले जुत्तामा लुकाएर डलर लैजाँदै गर्दा आज एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ५ बजे ३५ हजार अमेरिकी डलर जुत्तामा लुकाएर वीरगञ्ज लाँदै गर्दा भारतीय

संसारकै महंगो जुत्ता जसको मूल्यमात्रै १ अर्ब ५६ करोड छ !

अमेरिका । विश्वकै महंगो जुत्ता सार्वजनिक गरिएको छ । जसको मूल्यमात्रै १५.१ मिलियन डलर अर्थात् झण्डै डेढ अर्ब नेपाली रुपैयाँ रहेको छ । बेलायती डिजाइनर डेबी विंग्घमले यसको डिजाइन गरेकी हुन्,

विना मोजा जुत्ता लगाउनुहुन्छ ? खतरा पनि हुनसक्छ !

लण्डन । कलेज अफ पोडियाट्रीका अनुसार मोजा नलगाई जुत्ता लगाउँदा स्वास्थ्यमा समस्या हुनसक्छ । पैतालाको उपचार विशेषज्ञ एम्मा स्टिफिल्सनका अनुसार १८ देखि २५ वर्षका पुरुषमा विना मोजा र खराब फिटिंग

प्रियंका र सौगातको ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौँ चलचित्र । प्रियंका र सौगातको नयाँ फिल्म ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । ‘राजीव समरको कोरियोग्राफी रहेको यो चलचित्रमा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन