• २०८१ बैशाख १४ शुक्रबार

सोलो रिलिजमा रमेश उप्रेतीको ‘ऐश्वर्य’

kharibot

काठमाडौँ ।  छठ पर्वको अवसरमा भएको सार्वजनिक बिदाको फाइदा उठाउदै वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ आज विहिबार सोलो रिलिज भएको छ ।

यो हप्ताको लागि ‘ऐश्वर्य’ सँग अन्य कुनैपनि नेपाली फिल्म प्रदर्शनमा नआएकाले ‘ऐश्वर्य’ लाई फाइदा हुने देखिएको छ । 

'तिमी रोएको पल' बोलको गीत हिट भएपछि फिल्मबाट पनि निकै अपेक्षा गरिएको छ । रमेश उप्रेती, प्रशान्त ताम्राकारको दीपिका प्रसाईलाई पाउने भिडन्तलाई फिल्म उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ । 

रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । फिल्मका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मल्टिप्लेक्समा भने गएको हप्ता प्रदर्शनमा आएका बलिउडका दुई ठूला फिल्म 'सिक्रेट सुपरस्टार' र 'गोलमाल अगेन'सँग ‘ऐश्वर्य’ले प्रतिष्पर्धा गर्नुपर्ने देखिन्छ भने केही सिंगल हलमा 'रुद्रप्रिया' र 'रानी' पनि प्रदर्शन भैरहेका कारण ‘ऐश्वर्य’ लाई थप चुनौती बन्नसक्छ  । 

यद्यपि काठमाडौंका मल्टिप्लेक्समा फिल्मको अग्रिम बुकिङ राम्रो रहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै