• २०८१ बैशाख ८ शनिबार

शाहरुख खानको फिल्म 'जब हेरी मेट सेजल'को पहिलो दिनको व्यापार औसत 

kharibot

बलिवुड अभिनेता शाहरुख खानको फिल्म जब हेरी मेट सेजलले पहिलो दिन शुक्रबार भारतीय बक्स अफिसमा १६.५ करोड भारतीय रुपैयाको कारोबार गरेको छ ।

फिल्मलाई विश्लेषकहरुले औसत फिल्म बताएका छन् । शाहरुख खानका अलावा अभिनेत्री अनुष्का शर्माले अभिनय गरेको यो फिल्मलाई इम्तियाज अलिले निर्देशन गरेका हुन् ।

पहिलो दिनको व्यापार हेर्दा फिल्मले त्यति राम्रो व्यापार गर्न नसक्ने अनुमान फिल्म समिक्षकहरुको रहेको छ । भारतभर कुल ३२ सय स्क्रिनमा रिलिज गरिएको यो फिल्ममा ४० देखि ५० प्रतिशत मात्र दर्शकको अकुपेन्सी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अ

र्को हप्ता अक्षयकुमारको फिल्म ट्वाइलेट एक प्रेम कथा रिलिज हुने हुनाले पनि शाहरुख खानको यो फिल्मको व्यापार कम हुने अनुमान गरिएको हो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै