• २०८१ बैशाख ११ मंगलबार

नुवाकोट–रसुवा जोड्ने बेत्रावतीको झोलुङ्गे पुल बगायो

kharibot

फाइल तस्विर

नुवाकोट, अबिरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुल बगाएको छ ।

बाढीले पुल बगाएर जमिन कटान गरेपछि एकदर्जनभन्दा बढी घर जोखिममा परेका छन् । फलाखु खोलामा शुक्रबार राति आएको बाढीले नुवाकोट तर्फको जगमा क्षति पु¥याएपछि पुल बगाएको हो ।

नुवाकोटको साविक गेर्खु– ९ र रसुवाको लहरेपौवा– १ स्थित बेत्रावतीमा रहेको सो झोलुङ्गे पुलको जगको पिल्लरमा बाढीले क्षति पु¥याएपछि नुवाकोटतर्फ पुलको संरचना चुडिएको हो । झोलुङ्गे पुल बगाए पनि नजिकै पक्की पुल भएकाले दुई जिल्लाको आवतजावत कायमै रहेको बेत्रावतीमा क्रियाशील गोसाईंकुण्ड युवा क्लबका कोषाध्यक्ष शशी डंगोलले जानकारी दिए ।

स्कटल्याण्ड सरकारबाट नेपाललाई तीनवटा पुल निर्माणमा पु¥याएको सहयोग कार्यक्रममार्फत विस २००४ मा निर्माण भएको उक्त पुलले नेपाल र चीनबीचको पद्मार्गको सम्पर्क विस्तारमा सहयोेग पु¥याएको थियो ।

यो पुल रसुवा जिल्लालाई बाहिर जिल्लासँग जोड्ने पहिलो पुल हो । उक्त पुलको निर्माणपछि रसुुवाको रसुवागढी हँुदै चीनको केरुङ बजारसम्मको व्यापार फस्टाएको थियो । बाढीले पुलको जग बगाएर जमिन कटान गरेपछि गेर्खु– ९ का विष्णुबहादुर डंगोल, पूर्णलाल डंगोल, चन्द्रबहादुर डंगोल, कान्छी केसीलगायत एक दर्जनभन्दा बढी घर जोखिममा रहेको छ ।

 

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै