• २०८१ बैशाख ८ शनिबार

संघीय फोरमद्वारा गोरखामा डा. भट्टराईलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लियो 

kharibot

गोरखा ।  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा.. बाबुराम भट्टराईबीच एक अर्कालाई निर्वाचनमा सहयोग गर्ने सहमति भएको छ । 

सोहि सहमति अनुसार डा. बाबुराम भट्टराईलाई समर्थन गर्दै गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का दुई जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । 

बाबुराम भट्टराईले उम्मेदवारी दिएको क्षेत्रबाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका संघीय समाजवादी फोरम नेपालका सुकदेव गुरुङ तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताइएको छ । 

केन्द्रमा नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एक अर्कालाई सघाउने कुरा भए बमोजिम तामाङले उम्मेद्वारी फिर्ता लिएको बताएका छन् । 

आदिवासी जनजातिको बाक्लो बसोबास भएको पालुङटार नगरपाीका वडा नम्बर ५ सहित श्रीनाथकोट, जौवारी, घ्याच्चोक, मिरकोट लगायतका क्षेत्रमा संघीय समाजवादीको प्रभाव क्षेत्र मानिन्छ । 

डा. भट्टराईले नेपाली कांग्रेसको समर्थनमा उम्मेदवारी गोरखा-२ बाट उम्मेद्वारी दिएका छन् भने उनिसँग वामगठवन्धनबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धीमा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै