• २०८१ बैशाख ७ शुक्रबार

शरीरबाट पसिनाको साटो रगत नै बगेपछि डाक्टरहरु आश्चर्यमा

kharibot

तस्बिर : CNN

इटाली ।  एउटा इटालेली अस्पतालमा उपचारका लागि गएकी युवतीको बिमारदेखि डाक्टरहरु नै चकित परेका छन् ।

युनिभर्सिटी अफ फ्लोरेन्सका डर्माटोलोजिष्ट्स (रौँ, छाला, नंगसम्बन्धी डाक्टर) डाक्टर रोबर्टो म्याग्ली र मार्जिय काप्रोनीले क्यानेडियन मेडिकल एसोसिएसन जर्नलमा बताएअनुसार २१ वर्षकी युवतीको शरीरबाट पसिनाको साटो रगत बग्ने रोग देखिएको हो ।

उनको परिचय अहिले गोप्य राखिएको छ । बिरामीको शरीरमा कुनै घाउचोट र काटेकोसम्म पनि छैन तर पनि हत्केला र अनुहारबाट पसिनाजसरी रगत बगिरहेको छ । पाँच मिनेटसम्म यस्तो भएपछि उक्त रगत बग्ने क्रम आफैँ रोकिन्छ । कहिले कहिले त उनी सुतिरहेकै अवस्थामा पनि रगत बग्ने गरेको बताइएको छ भने जब उनी शारीरिक रुपमा सक्रिय हुन्छिन् तब उनको शरीरबाट रगत बग्छ ।

सोही रोगका कारण युवती डिप्रेसन (गहिरो चिन्ताग्रस्त)मा रहेको र एक्लोपना महसुस गर्ने गरेको समाचारमा जनाइएको छ । यद्यपि उनको शरीरमा त्यस्तो खास लक्षण वा संकेत केही पनि नदेखिएपछि यो रोगको कारणबारे डाक्टरहरु नै अनविज्ञ र आश्चर्यमा परेका छन् ।

यद्यपि डाक्टरहरु भने उनको अचम्मको रोग पत्ता लगाउन लागिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै