• २०८१ बैशाख ८ शनिबार

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुदै

kharibot

उपराष्ट्रपति पदका उम्मेदवार वेन्काइया नाइडु र कृष्ण गान्धी

नयाँ दिल्ली, भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुदै छ । 

भारतीय सत्तारुढ दलहरुको संयुक्त गठबन्धन, नेशनल डेमोक्र्याटिक आवद्ध उम्मेदवार वेन्काइया नाइडु यस मतदानमा विजयी हुने निश्चितजस्तै देखिएको छ । 
यस मतदानको परिणाम पनि शनिबार नै सार्वजनिक गरिने भएको छ । 

देशको प्रमुख विपक्षी काँग्रेस पार्टीले भारतीय पश्चिमी राज्य पश्चिम बङ्गालका कृष्ण गान्धीलाई नाइडुको प्रतिद्वन्दीका रुपमा यस निर्वाचनमा उम्मेदवार बनाएको छ । उपराष्ट्रपतिको शपथ १० अगस्तमा हुनेगरी कार्यक्रम सार्वजनिक पनि गरिएको छ । निर्वाचित हुने उपराष्ट्रपतिले हालका उपराष्ट्रपति हमिद अन्सारीलाई प्रतिस्थापन गर्ने छन् । 

भारतका उपराष्ट्रपतिको निर्वाचन भारतीय संसदका दुवै सदनका सदस्यहरुले गोप्य मतदानबाट गर्ने प्रावधान रहेको छ । 

राष्ट्रपति नभएको अवस्थामा जस्तै राष्ट्रपतिको मृत्यु भएमा, राजिनमा दिएमा र भ्रष्टाचारको मुद्धामा राष्ट्रपति हटेको खण्डमा र उहाँमाथि महाभियोग लागेर पद रिक्त रहेको अवस्थामा राष्ट्रपतिका रुपमा उपराष्ट्रपतिले नै कार्य सम्पादन गर्ने प्रावधान रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै