भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुदै

खरीबोट

उपराष्ट्रपति पदका उम्मेदवार वेन्काइया नाइडु र कृष्ण गान्धी

ad

नयाँ दिल्ली, भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुदै छ । 

भारतीय सत्तारुढ दलहरुको संयुक्त गठबन्धन, नेशनल डेमोक्र्याटिक आवद्ध उम्मेदवार वेन्काइया नाइडु यस मतदानमा विजयी हुने निश्चितजस्तै देखिएको छ । 
यस मतदानको परिणाम पनि शनिबार नै सार्वजनिक गरिने भएको छ । 

देशको प्रमुख विपक्षी काँग्रेस पार्टीले भारतीय पश्चिमी राज्य पश्चिम बङ्गालका कृष्ण गान्धीलाई नाइडुको प्रतिद्वन्दीका रुपमा यस निर्वाचनमा उम्मेदवार बनाएको छ । उपराष्ट्रपतिको शपथ १० अगस्तमा हुनेगरी कार्यक्रम सार्वजनिक पनि गरिएको छ । निर्वाचित हुने उपराष्ट्रपतिले हालका उपराष्ट्रपति हमिद अन्सारीलाई प्रतिस्थापन गर्ने छन् । 

भारतका उपराष्ट्रपतिको निर्वाचन भारतीय संसदका दुवै सदनका सदस्यहरुले गोप्य मतदानबाट गर्ने प्रावधान रहेको छ । 

राष्ट्रपति नभएको अवस्थामा जस्तै राष्ट्रपतिको मृत्यु भएमा, राजिनमा दिएमा र भ्रष्टाचारको मुद्धामा राष्ट्रपति हटेको खण्डमा र उहाँमाथि महाभियोग लागेर पद रिक्त रहेको अवस्थामा राष्ट्रपतिका रुपमा उपराष्ट्रपतिले नै कार्य सम्पादन गर्ने प्रावधान रहेको छ ।
 

सम्बन्धित समाचार

भारतीय सडकका कारण भएको डुबानको चर्चा प्रदेश सभामा 

बुटवल । बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षबाट निर्माण भइरहेका सडकले त्यहाँको दक्षिण क्षेत्र डुबानमा पर्ने खतराप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराए ।  प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकको विशेष समयमा

भारतले बनाइदिएको आइसिपीको मुख्य भवन तीन महिना मै चुहिन थाल्यो

पर्सा । वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी (आइसिपी)को मुख्य भवनमा चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ ।  हस्तान्तरण भएको तीन महिना नपुग्दै भवनको छत चर्किएर वर्षाको

नेपालमा भारत र चीनको रेल अनुदानमा मात्रै ल्याउनुपर्छ : डा. महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको उपलब्धिको समिक्षा

सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन

राजविराज । प्रदेश नं १ को सुनसरी र प्रदेश नं २ को सप्तरीस्थित भारदहको सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सयौ बिगाह नम्बरी जग्गाको मुआब्जा अझै