• २०८१ बैशाख ७ शुक्रबार

फेसबुकको मेसिन ट्रान्सलेटरले 'गुड मर्निङ'लाई 'अट्याक देम' भनेपछि ...

kharibot

युरोप । फेसबुकले मेसिन ट्रान्सलेसनमा समस्या भएको भन्दै क्षमा मागेको छ । फेसबुकको गल्तीकै कारण एक जना प्यालेस्टिनी नागरिकलाई इजरायली प्रहरीले पक्राउ गरेको थियो । गुड मर्निङ टाइप गरी पोष्ट गर्दा त्यसको अनुवाद फेसबुकले अट्याक देम गरिदिएपछि ती प्यालेस्टिनी इजरायली प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ परेका मानिस जेरुसेलमनजिकैका एक मजदुर हुन् । उनले बुलडोजरसँगै तस्बिर खिचेर युसुबिहुहुम पोष्ट गरेका थिए, त्यसको अर्थ शुभप्रभात हुने भए पनि फेसबुकले हिब्रु भाषामा अट्याक देम (आक्रमण गर) भन्ने अर्थ लगाइएको थियो । फेसबुकको मेसिन ट्रान्सलेसन माइक्रोसफ्टको बिंगसँग सहकार्य गरी २०१६ मा सुचारु गरिएको थियो ।

गलत अर्थ लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध बुलडोजर प्रयोग गरेर भेहिकल अट्याक गर्नखोजेको अर्थ लगाउँदै घण्टौँ सोधपुछ गरिएको थियो । उनले अरेबिक भाषामा पोष्ट गरेका थिए । इजरायलले प्यालेस्टिनीहरुको सामाजिक सञ्जालको समेत निगरानी राख्ने गरेको छ । मेसिन ट्रान्सलेसनमा यस्ता कैयाँै गल्तीहरु हुने गरेको छ । यही महिनाको सुरुवाती दिनमा चिनियाँ सामाजिक सञ्जाल विच्याटले पनि यस्तै गल्ती अनुवाद गरेको थियो । विच्याटले ब्ल्याक फरेनरको साटो एन–वर्ड टाइप गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै