फेसबुकको मेसिन ट्रान्सलेटरले 'गुड मर्निङ'लाई 'अट्याक देम' भनेपछि ...

खरीबोट

युरोप । फेसबुकले मेसिन ट्रान्सलेसनमा समस्या भएको भन्दै क्षमा मागेको छ । फेसबुकको गल्तीकै कारण एक जना प्यालेस्टिनी नागरिकलाई इजरायली प्रहरीले पक्राउ गरेको थियो । गुड मर्निङ टाइप गरी पोष्ट गर्दा त्यसको अनुवाद फेसबुकले अट्याक देम गरिदिएपछि ती प्यालेस्टिनी इजरायली प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ परेका मानिस जेरुसेलमनजिकैका एक मजदुर हुन् । उनले बुलडोजरसँगै तस्बिर खिचेर युसुबिहुहुम पोष्ट गरेका थिए, त्यसको अर्थ शुभप्रभात हुने भए पनि फेसबुकले हिब्रु भाषामा अट्याक देम (आक्रमण गर) भन्ने अर्थ लगाइएको थियो । फेसबुकको मेसिन ट्रान्सलेसन माइक्रोसफ्टको बिंगसँग सहकार्य गरी २०१६ मा सुचारु गरिएको थियो ।

गलत अर्थ लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध बुलडोजर प्रयोग गरेर भेहिकल अट्याक गर्नखोजेको अर्थ लगाउँदै घण्टौँ सोधपुछ गरिएको थियो । उनले अरेबिक भाषामा पोष्ट गरेका थिए । इजरायलले प्यालेस्टिनीहरुको सामाजिक सञ्जालको समेत निगरानी राख्ने गरेको छ । मेसिन ट्रान्सलेसनमा यस्ता कैयाँै गल्तीहरु हुने गरेको छ । यही महिनाको सुरुवाती दिनमा चिनियाँ सामाजिक सञ्जाल विच्याटले पनि यस्तै गल्ती अनुवाद गरेको थियो । विच्याटले ब्ल्याक फरेनरको साटो एन–वर्ड टाइप गरेको थियो ।

सम्बन्धित समाचार

फेसबुकले अब न्युजफिड नियन्त्रण गर्ने 

उत्तर अमेरिका । न्युज, बिजनेस, ब्राण्ड र मिडियासम्बन्धी फिडमा फेसबुकले परिवर्तन गर्ने भएको छ । फेसबुकका मुख्य कार्यकारी अधिकृत मार्क जुकरवर्गले आफ्नो फेसबुक पृष्ठमा यसबारे जानकारी दिएका हुन् । उनका अनुसार

फेसबुकमा अनावश्यक फ्रेण्ड रिक्वेष्ट र म्यासेज आउँछ ? यसरी रोक्नुहोस् 

प्रविधि । सामाजिक सञ्जाल फेसबुकले झूटो एकाउन्ट र अनावश्यक म्यासेज रोक्न नयाँ टुल ल्याएको छ । यो नयाँ फिचर झूटो एकाउन्टबाट आउने फ्रेण्ड रिक्वेष्ट रोक्नका लागि ल्याएको फेसबुकले जनाएको छ ।

फेसबुकमा सर्च हिष्ट्री कसरी मेट्ने ? यसरी जोगाउनुहोस् गोप्यता 

प्रविधि / इन्टरनेट प्रयोग गर्नेमध्ये धेरैजसो फेसबुकमा नै व्यस्त भइरहेका हुन्छन् । फेसबुकमा धेरै साथी, सेलिब्रेटी, इभेन्ट्स वा आफूले मन पराएका मानिसहरुसम्मलाई खोजीनीति गर्ने गरिन्छ । तर जब प्राइभेसी (गोप्यता)को

राष्ट्रपतिलाई फेसबुकमा गाली गर्ने युवा पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई अश्लील गाली गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । अमर्यादित शब्द प्रयोग गरी राष्ट्रपति भण्डारीविरुद्ध स्टाटस लेखेका तनहुँ बन्दीपुर