• २०८१ बैशाख ८ शनिबार

गोलमाल अगेनको बक्स अफिसमा कमाल, चौथो दिनमा गर्यो सय करोडको व्यापार  

kharibot

मुम्बई । बलिवुडमा गएको सुक्रबार रिलिज भएको फिल्म गोलमाल अगेनले रिलिज भएको चौथो दिन एक सय करोडको व्यापार गरेको छ । 

रोहित सेठ्ठीले निर्देशन गरेको फिल्म गोलमाल अगेनले पहिलो दिन ३० करोड भारतीय रुपैयाको व्यापार गरेको थियो भने दोस्रो दिन २८, तेस्रो दिन २९ र चौथो दिन १७ करोड व्यापार गरेको भारतीय फिल्म समीक्षकहरुले बताएका छन् । चौथो दिनसम्म फिल्मले १०४ करोडको व्यापार गरेको छ । 

गोलमाल अगेन भन्दा एक दिन अघि रिलिज भएको आमिर खानको फिल्म सेक्रेट सुपरस्टार भने गोलमाल अगेनको अगाडी फिका रहेको छ । सेक्रेट सुपरस्टारले पाचौ दिनसम्म ३२ करोडको व्यापार गरेको बताइएको छ । 

गोलमाल फ्रेंचाईजको चौथो सिरिजको रुपमा रोहित सेठ्ठीले बनाएको यो फिल्ममा अजय देवगन, अर्सद वार्सी, तुषार कपुर, श्रेयस तल्पड़े, परिणीती चोपडा, तब्बु लगायतका कलाकारको भूमिका रहको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै