• २०८१ बैशाख ५ बुधबार

स्टेफेन हकिंग्सको पीएचडी थेसिसले क्याम्ब्रिज युनिभर्सिटीको वेबसाइट 'क्र्यास्ड' !

kharibot

तस्बिर : CNN

बेलायत । विख्यात बेलायती वैज्ञानिक स्टेफेन हकिंग्सको पीएचडी थेसिस पहिलोपटक अनलाइनमा सार्वजनिक गरिएको छ । तर उक्त वेबपेज लोड भयो भने मात्रै तपाईंले हेर्न पाउनुहुनेछ । यस्तो किन ? सोमबार क्याम्ब्रिज युनिभर्सिटीले १९६६ को पीएचडी थेसिस : 'प्रपर्टिज अफ एक्स्पाण्डिंग युनिभर्सेज'लाई आफ्नो अनलाइनमा राखेको हो ।

तर यो राख्नेबित्तिकै उक्त थेसिस हेर्न यति धेरै अनुरोधहरु आए कि उक्त वेब नै नचल्ने (क्र्यास्ड) भयो । सोमबार दिउँसो भने मुख्य अनुसन्धान धेरै मिनेटपछि ‘रिचेबल’ त भयो तर वेबपेजमा केही पनि थिएन ।

हकिंग्सकै अनुरोधमा विश्वविद्यालयले उनको पीएचडी थेसिसलाई सार्वजनिक गरी डाउनलोडसमेत गर्न सकिने सुविधा प्रदान गरेको हो । २४ घण्टामा कम्तीमा पनि उक्त थेसिस ६० हजार डाउनलोड भइसकेको विश्वविद्यालयका प्रवक्ता स्टुआर्ट रोबर्टको भनाइ छ । उक्त थेसिसकै कारण विश्वविद्यालयको वेब नै सामान्य अवस्थाको तुलनामा निकै ढिला हुनपुगेको छ । 

थेसिसमा संसार विस्तारका परिणामहरुको चर्चा र अनुसन्धान गरिएको छ । क्याम्ब्रिजले प्रसिद्ध वैज्ञानिक हकिंग्सको थेसिस नै वेबमा अहिलेसम्म धेरैले हेर्न चाहेको वस्तु भएको बताएको छ । उता हकिंग्सले आफ्नो थेसिस हेरेर प्रेरणा लिन उत्सुकहरुका लागि सार्वजनिक गरिनुपर्ने बताएका छन् ।

उनका अनुसार त्यसबाट अभिप्रेरित भएर अन्य अनुसन्धान अघि बढ्नु राम्रो हुनेछ भने अन्य विश्वविख्यात अध्ययन अनुसन्धानको समेत सार्वजनिकीकरण गरिनु आवश्यक रहेको उनको भनाइ छ  ।

हकिंग्स वैज्ञानिकहरु आइज्याक न्युटन, जेम्स क्लर्क म्याक्सवेल र अल्बर्ट आइन्स्टाइनसँग प्रभावित वैज्ञानिक हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै