• २०८१ बैशाख १३ बिहीबार

सुरक्षित ठाउँमा लगानी गर्न चाहानु हुन्छ ? आउँदै छ दुई अर्बको नागरिक बचतपत्र 

kharibot

काठमाडौ । सुरक्षतिरुपमा रकम लगानी गर्न चाहानेहरुको लागि नेपाल राष्ट्र बैकले दुई अर्ब रुपैयाँको नागरिक बचत पत्र बिक्री गर्ने भएको छ । 

राष्ट्र बैंकले नेपाली नागरिक मात्रले खरिद गर्न पाउने गरी आगामी आईतबार अर्थात कार्तिक १२ गते पाँच बर्षिय अवधिको नागरिक बचभत पत्र २०७९“क” बिक्री गर्न लागेको हो । 

राष्ट्र बैकका अनुसार प्रत्येक छ, छ महिनामा व्याज भुक्तानी गरी बार्षिकरुपम आठ दसमलव ५० प्रतिशत व्याजदर तोकिएको उक्त बचतपत्र घटिमा दश हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधिनमा रहेर खरिद गर्न सकिने छ । बचत पत्र धितो राखी राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा फाईनान्स कम्पनीहरुमा कर्जा प्रयोजनको लागि धितोमा समेत राख्न सकिने छ । 

सर्वसाधारणको लागि कात्र्तिक १२ गते देखि २०७४ मंसिर एक गतेसम्म खरिद मिती तोकिएको बचत पत्रको निष्काशन मिती २०७४ मंसिर छ गते रहेको छ भने साँवा भुक्तानी मिती २०७९ मंसिर छ गते तोकिएको छ ।

बचत पत्र खरिदको लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नाबालकको नाममा बचतपत्र खरिद गर्ने भएमा संरक्षकको नागरिकताको प्रमाणपत्र र नाबालकको जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने तथा लेखपढ गर्न नजान्ने व्यक्तिले आवेदन साथ उपरोक्त कागजातका अलावा आफ्नो २ प्रति पासपोर्ट साईजको फोटो समेत पेश गर्नुपर्ने राष्ट्र बैकले जानकारी दिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै