• २०८१ बैशाख ८ शनिबार

फ्रेन्च व्यापारीको प्रेममा मल्लिका सेरावत, बलिवुडमा नफर्किने संकेत 

kharibot

मुम्बई ।  बलिवुडमा फिल्म मर्डरबाट चर्चाको शिखरमा पुगेको बोल अभिनेत्री मल्लिका सेरावत अहिले के गर्दै छिन् भन्ने चासो बढेको छ ।

पछिल्लो पटक सन् २०१५ मा फिल्म डर्टी पोलिटिक्समा देखिएकी मल्लिकाको त्यसपछि कुनै फिल्म आएका छैनन् । 

सन् २००४ मा फिल्म मर्डरबाट बलिवुडमा चर्चाको शिखरमा पुगेकी मल्लिका उनको अभिनय भन्दा पनि उनले फिल्मा अभिनेता इमरान हासमीसँग गरेको २१ किस सिनका लागि अहिले पनि चिनिन्छिन् ।

सो फिल्मले बलिवुडमा बोल्ड अभिनेत्रीको रुपमा मल्लिकालाई चिनाएको थियो । सो फिल्म पछि मल्लिकाले बलिवु का हस्ती शाहरुख खान, अमिताभ बच्चनजस्ता कलाकारसँग विज्ञापनमा पनि देखिएकी थिइन् । 

हाल मल्लिका एक फ्रेन्च व्यापारीको प्रेममा परेकी छन् । पछिल्ला केहि बर्ष मल्लिका फ्रान्सको पेरिसका व्यापारी साइरिल अक्जेनफेन्ससँग बस्दै आएकी छन् । मिडिया रिपोर्टसका अनुसार मल्लिकाले साइरिलसँग विवाह गरेको बताइए पनि आधिकारिक रुपमा यसको पुष्टि भने भएको छैन ।

धनाड्य व्यापरीसँगको सम्बन्ध पछि मल्लिका अब बलिवुडमा नफर्किने चर्चा बलिवुडमा चल्न थालेको छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै