• २०८१ बैशाख ८ शनिबार

जुवाको खालबाट प्रहरी पक्राउ 

kharibot

रुपन्देही ।  रुपन्देहीमा जुवा खेलेको आरोपमा एक प्रहरीसहित ९ जना पक्राउ परेका छन् । जुवाको खालबाट ४ लाख २५ हजारभन्दा बढी नगद बरामद भएको छ । 

प्रहरीकाअनुसार वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान गोपीकृष्ण नेपालसहित बुटवलको देवीनगरका ४ जना र तिलोत्तमा नगरपालिका सिमानगरका ५ जना पक्राउ परेका हुन् । देवीनगरबाट ५७ हजार र सिमानगरबाट ३ लाख ७४ हजार रुपैयाँ बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई जुवा ऐन २०२० अनुसार कारवाही हुने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै