• २०८१ बैशाख ६ बिहीबार

राष्ट्रपति भण्डारीद्वारा शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रमाणीकरण

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गर्नुभएको छ । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिए । 

व्यवस्थापिका–संसद्को बैठकबाट केही समयपहिले उक्त विधेयक पारित भएको थियो । विभिन्न विद्यार्थी संगठन र अन्य शैक्षिक संगठनले विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति समक्ष आग्रह गरेपनि राष्ट्रपति भण्डारीबाट अन्तत: प्रमाणीकरण भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै