• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयर : पाँच प्रतिसतले नेप्से घट्दा पाँच अर्ब २५ करोडको सेयर किनबेच 

kharibot

फाइल तस्विर

काठमाडौँ, यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ६७ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार ४४ हजार चार सय ८८ कारोबारबाट पाँच अर्ब २५ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरका एक करोड पाँच लाख ८० हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा पाँच दसमलव पाँच प्रतिशत कम हो । गत साता एक सय ७० कम्पनीहरुको कारोबार भएको थियो ।

जस अनुसार ४३ हजार तीन सय ६८ कारोबारबाट पाँच अर्ब ५३ करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका ९० लाख ५८ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दसमलव ३० अंकले बढेर अन्तिम दिन १६ सय ६० दसमलव ५८ अंकमा पुगेको छ ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दसमलव ८६ अंकले बढेर तीन सय ४८ दसमलव २२ अंकमा आईपुगेको छ 

यस साता कारोबार रकम २४ करोड ५७ लाख ६० हजार रुपैयाँको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्या १७ लाख ४२ हजार कित्ताको आधारमा लक्ष्मी भ्यालु फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या २५ सय ५६ वटाको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।  सेयर सुचीकरण तर्फ भने यो साता चार वटा संस्थाको हकप्रद सेयर सुचीकरण भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै