काठमाडौँ, शुक्रबार फ्रेन्च क्लब पिएसजी आएका ब्राजिलियन खेलाडी नेइमारले पिएसजीको पहिलो खेलमा शनिबार खेल्ने सम्भावना कम देखिएको छ ।
फ्रेन्च लिग र ला लिगाले कागजी प्रक्रियामा त्रुटी गरेका कारण नेइमारले शनिबार आफ्नो पहिलो खेल खेल्न नपाउने सम्भावना बढेको हो ।
यद्यपि फ्रेन्च लिगका अधिकारीहरुले नेइमारलाई लिगमा दर्ता गर्ने प्रयास गरिरहेका छन् मिडिया रिपोर्टका अनुसार फ्रेन्च लिगमा दर्ता हुन अन्तर्राष्ट्रिय ट्रान्सफर प्रमाण पत्र चाहिने र सो अहिलेसम्म आइनपुगेकाले नेइमार पहिलो खेल खेल्ने नखेल्ने अझै टुंगो लागेको छैन । फ्रेन्च लिगका अधिकारीहरुले स्पेनिस लिगबाट सो प्रमाणपत्र पर्खेर बसेको जनाएका छन् ।
उता स्पेनिस लिगका अधिकारीहरु भने पिएसजीले नेइमारमाथि गरेको खर्चमा प्रश्न उठाउदै फिफामा उजुरी गर्ने तयारी गरेको बताइएको छ ।