• २०८१ बैशाख १३ बिहीबार

पटाका पड्काउँदा ३० जना घाइते 

kharibot

नयाँदिल्ली (रासस/सिन्ह्वा) । भारतको तेलङगाना राज्यमा पटका पड्काउदा आँँखामा चोट लागेका कम्तीमा ३० जना अस्पताल भर्ना भएका छन् । दीपावलीको अवसरमा बिहीबार बेलुका पटका पड्काउदा उनीहरूको आँखामा चोट लागेको राज्यका स्वास्थ्यमन्त्रीले शुक्रबार जानकारी दिएका छन् । 

उनीहरू सबैको अहिले सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको उनले बताए । भारतमा दीपावलीको बेला पटका पड्काउने प्रचलन अत्यधिक रहेकाले अरु पनि धेरै जनाको आँखामा चोट लागेको हुनसक्ने अनुमान गरिएको छ । “गएरातिदेखि सरोजिनी आँखा अस्पतालले मात्रै ३० जनाको उपचार गरेको छ”, राज्यका स्वास्थ्यमन्त्री सी लक्ष्मण रेड्डीले भने । 

आँखामा चोट लागेकामध्ये छ जनाको शल्यक्रिया नै गर्नुपर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् । उनीहरुलाई पर्याप्त हेरचाहसहितको राम्रो स्वास्थ्य सेवा दिइरहेको पनि मन्त्री रेड्डीले बताए ।

भारतमा अहिले मनाइरहिएको हिन्दुहरूको पर्व दीपावलीलाई दीप वा उज्यालोको पर्व पनि भनिन्छ । यो पर्वमा अत्यधिक पटकाहरु पड्काउने गरिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै