• २०८१ बैशाख १२ बुधबार

गठबन्धनको सकस : किस्तामा भागबण्डा, किस्तामै उम्मेदवार

kharibot

काठमाडौँ । वर्ष २०७४ को महान चाड पर्व वडा दशैं हर्षोल्लासपूर्वक सकिएको लगत्तै आएको तिहार पनि अपेक्षाकृत हर्षोल्लासपूर्वक बिदाई भैरहेछ । कुनै उल्खेनीय दुखद दुर्घटना वा आपराधिक घटना नघटेको र आआफ्नो गच्छेअनुसार जनजनले तिहार मनाएका कारण तिहार आम जनताको जीवन दैनिकीमा खुसीको वहार नै बन्यो भन्नु अतिशयोक्ति हुने छैन ।

आगामी मंसिर १० र २१ मा संविधान कार्यान्वयनार्थ हुन गैरहेका दुई ठूला आम चुनावको पूर्वसन्ध्यामा बितेको वडा दशैं वा बित्नै लागेको तिहार र मुखैमा आइरहेको छठ पर्व नेपाली जनलाई राजनीतिको मुल धारमा जोडने महान अवसर नै बने ।

खासमा राजनीतिक र चुनावी चटारोका माझ ठूला चुनावका पर्याय झै बन्यो तिहार पनि । दलहरुले गठबन्धनको गाँठो कसिलो बनाउने र सकेसम्म जित्न सजिलो हुने गरी भागवण्डाको राजनीति तय गर्दै उम्मेद्धवार छनौटमा यो वर्षको तिहारलाई उपयोग गरेका छन । बिभिन्न खाले समस्या र चुनौतिहरुका वीच वाम, लोकतान्त्रिक र मधेशी गठबन्धनले चुनावी चटारोका माझ राजनीतिक तिहार मनाएका छन । 

पहिलो चरणको चुनावका लागि आइतवार मनोनयन दर्ता गराउनुपर्ने अनिवाय व्यवस्थाको वाध्यकारी समय सीमाको दबाबमा परेर नै दलहरु आपसी मतभेद र समस्याका वीच भागवण्डा र उम्मेद्धवार चयन मिलाउन उद्धत भए । वाम गठबन्धनका दुबै दलहरु एमाले र माओवादीले सिट बाँडफाँटमा भएका सहमति अनुमोदन गर्दै आफ्नातर्फबाट पार्टीका उम्मेदवार मनोनयनको प्रक्रिया अघि बढाइसके भने काँग्रेस नेतृत्वको वाम गठबन्धन पनि वाम गठबन्धनलाई पछयाउदैछ । मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न हुन गैरहेको चुनावको मुखमा सबै दलले सीटको भागवण्डा र उम्मेद्धवार चयनलाई पनि किस्तामा अघि बढाएका छन । पहिला किस्तामा निर्वाचन क्षेत्रको भागवण्डामा वाम गठबन्धन अघि देखिएको छ ।

चुनावी सहकार्य हुँदै पार्टी एकीकरणतर्फ अघि बढ्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि सिट बाँडफाँट गरी उम्मेदवार छनोट अघि बढाउदै तिहार मनाएका छन ।

कसरी मिल्यो वाम गठबन्धनको भागवण्डा ?

अहिले टिकट नपाउने नेता कार्यकर्तालाई निराश नहुन र विद्रोहमा नउत्रिन आव्हान गर्दै एमाले नेतृत्वले अहिले टिकट नपाएकालाई माथिल्लो सभामा टिकट दिने आश्वासन बाँडेको छ । यसले सो दलभित्रको आन्तरिक अन्तरविरोधको संसारलाई चित्रण गर्छ । तै पनि, वाम गठबन्धनले मंसिर १० मा पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभाका सिटहरुमा तालमेल गर्ने सहमति गरेर लोकतान्त्रिक गठबन्धनलाई उछिनेको छ । 

माओवादी केन्द्रले आफ्नो दलको तर्फबाट पहिलो चरणको चुनाव लड्ने उम्मेदवारहरु छानेको छ भने नेकपा एमालेले पनि स्थायी कमिटिको बैठक मार्फत उम्मेद्धवार छानेको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण संयोजन समिति तथा कार्यदलले आगामी मंसिर १० गते पहिलो चरणको चुनाव हुने प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ सिटको बाँडफाँडमा सहमति कायम गरेका थिए । त्यसै सहमति अन्तर्गत एमालेले प्रतिनिधिसभाका २१ र माओवादी केन्द्रले १६ वटा निर्वाचन क्षेत्र बाँडफाँट गरेर तिहारलाई भागवण्डा सल्टाउने मौकामा बदलेका छन ।

निर्वाचनपछि पार्टी एकीकरणसम्म गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रले आआफ्नै चिन्ह लिएर चुनावमा सहभागी भएपनि ६० र ४० को अनुपातमा तालमेल गरेका छन । नयाँ शक्ति एकता प्रक्रियाबाट अलग भएपछि उनीहरुरुलाई सीट भागवण्डामा केही सजिलो पनि भएको देखियो । फलस्वरुप पहिलो चरणमा अहिले पहिलो चरणको हकमा प्रदेश सभामा माओवादी केन्द्रलाई लगभग ४५ प्रतिशत र प्रतिनिधि सभामा ४३ प्रतिशत सिट दिन एमाले सहमत भएको देखिन्छ । तालेमेलको सहमति भए लगत्तै पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली आफ्नो पार्टीले टुङ्गो लगाएको माओवादी केन्द्रको दाबी छ । 

सत्तारुढ गठबन्धनमा पनि सल्टिदै समस्याः

सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले पनि अलग्गै गठबन्धन निर्माणको प्रयास अनुरुप नै सीटको भागवण्डा र उम्मेद्धवार चयनलाई घनिभूत रुपमा अघि बढाईरहेको छ । आईतवार अघि नै पहिलो चरणमा चुनाव हुने क्षेत्रहरुमा सिट बाँडफाँड र उम्मेदवारको टुँगो लगाउने काँग्रेस नेतृत्वको गठबन्धनको तयारी तीव्र छ । उम्मेद्धवारी मनोनयनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले पनि आफ्नो नेतृत्वमा गैर वाम दलहरु, खासगरी तराई केन्द्रीत दलहरुसँग चुनावी तालमेलको प्रयासलाई अन्तिम रुप दिन सघन संवाद गरिरहेको छ ।

काँग्रेसले संघीय समाजवादी र राजपाको गठबन्धनसंगको सीट भागवण्डालाई मुख्य महत्व दिएर छलफल जारी राखेको छ । संघीय समाजवादी र राजपाको गठबन्धनले पनि पहिलो रोजाईमा काँग्रेसलाई पारेको छ ।

वाम गठबन्धनले जस्तै काँग्रेसले पनि पहिलो चरणमा चुनाव हुने ३२ वटा जिल्लाको उम्मेदवार चयन सिध्याएर तालमेल र  सिट भागवण्डालाई सल्टाउन खोजिरहेको छ । तर सत्तारुढ गठबन्धनले वाम हरुको जस्तो  छिटो भागवण्डा मिलाउन र उम्मेद्धवार छान्ने सकस सल्टाउन भने सकेका छैन्न । स्मरणीय छ, दोस्रो चरणमा मंसिर २१ गते हुने चुनावका लागि दलहरुले कार्तिक १६ गते मनोनयन दर्ता गराउनुपर्ने निर्वाचन कार्यातालिकाले व्यवस्था अनुरुप उनीहरुलाई किस्तामा भागवण्डा मिलाउन मौका मिलेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै