दुई मतपत्र बनाउन कठिन छः प्रमुख आयुक्त डा.यादव

खरीबोट
ad

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताएका छन् । 

निर्वाचन आयोगमा आज पत्रकारसँग कुरा गर्दै उनले भने, “यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले छलफल गरिरहेको छ, राजनीतिक दलहरूकै सल्लाह र सुझावका आधारमा आयोगले मतपत्र तयार गरेको हो । दुई वटा मतपत्र छाप्ने÷नछाप्ने भन्ने विषय समितिले दिने सुझावका आधारमा हुनेछ ।” 

“समय कम छ, छोटो अवधिमा छाप्न कठिन छ, विषय एक अर्काेसँग जोडिएको छ, त्यसैले मतपत्र छापेर मात्र हुँदैन, दुर्इ वटा मतपत्र छाप्नलाई आवश्यक पर्ने कागज र मेसिनको व्यवस्थापन, छपाइपछि गर्नुपर्ने बाइण्डिङ र ढुवानी तथा मतदान केन्द्रको क्षमता आदिलाई पनि ध्यान आवश्यक छ ।” 

सर्वाेच्च अदालतले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ बाँकी नै देखिँदा प्रतिनिधिसभा र प्रदेशसभाको अलग अलग ऐन रहेका अवस्थामा दुवै सभा सदस्यको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्णय भएकामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग्गै छाप्ने सम्बन्धमा निर्वाचन आयेगले गम्भीरतापूर्वक विचार गर्ने नै छ भनी फैसला सुनाएको थियो । 

यसैबीच आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उम्मेदवारी दर्ताका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको बताउँदै डा यादवले भन्नुभयो, “राजनीतिक दलहरूबाट अब मतदातालाई जागरण गर्ने कार्यक्रम सञ्चालन हुन आवश्यक छ ।” 

सम्बन्धित समाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  निर्वाचन आयोगमा दर्ता 

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछिको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै एमाले र माओवादी केन्द्रको एकीकरणपछि

अन्डरलाइन राखेर नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता 

काठमाडौं । नेकपा  एमाले र माओवादी केन्द्रबीच एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।  निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई अण्डरलाइन गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले

एमाले-माओवादी आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारीमा, यसरी भयो भागबन्डा    

काठमाडौँ । एमाले र माओवादीबीच आज पार्टी एकता हुदै छ । बुधबार एमाले स्थायी समिति बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रस्ताव पारित गरेको छ । एमाले बैठकमा विहिबार एकीकृत पार्टी

निर्वाचन आयोगका पदाधिकारीको सुरक्षामा सरकार गम्भिर – गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्वाचन आयोगका पदाधिकारीको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उनीहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आज ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त